Sunday, July 8, 2012

सचिव बढुवाका लागि १२ सहसचिवको नाम सिफारिस

काठमाडौं, २४ असार- लोकसेवा आयोगका सदस्य अध्यक्ष रहेको बढुवा समितिले प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयसहित विभिन्न निकायमा रिक्त चार सचिव (विशिष्ट श्रेणी) मा पदोन्नतिका लागि १२ सहसचिवको नाम सिफारिस गरेको छ । निजामती सेवा ऐन तथा नियमावलीअनुसार बढुवा समितिले सहसचिवमा पाँच वर्ष सेवा पूरा गरेकाहरुमध्येबाट कार्यसम्पादन मूल्यांकन र ज्येष्ठताका आधारमा रिक्त सचिव पदभन्दा तेब्बर संख्यामा नाम सिफारिस गरेको हो ।
लोकसेवा आयोगका सदस्य कृष्ण पोखरेलको अध्यक्षतामा रहेको बढुवा समितिमा लोकसेवाका सदस्य टिकादत्त निरौला, लोकसेवाले तोकेको एक जना विज्ञ र मुख्यसचिव माधव घिमिरे सदस्य र सामान्य प्रशासन सचिव धरणीधर खतिवडा सदस्यसचिव छन् । बढुवा समितिको बैठकले सचिव बढुवाका लागि सिफारिस गरेका सहसचिवहरुमा वरियताक्रमअनुसार दुर्गानिधि शर्मा, ज्ञानदर्शन उदास, शारदाप्रसाद त्रिताल, रमेशराज बिष्ट, सुमनप्रसाद शर्मा, नरेन्द्र दाहाल, उत्तमनारायण मल्ल, कृष्णप्रसाद आचार्य, सूर्य सिलवाल, भोला शिवाकोटी, धनबहादुर तामाङ र भूपेन्द्र बस्नेत छन् । सचिव बढुवाका लागि सिफारिस भएकामध्ये शर्मा सुदूर पश्चिममा र उदास मध्यपश्चिमा कामु क्षेत्रीय प्रशासक (कामु सचिव) छन् ।
सचिवका लागि सिफारिस भएकामा प्रशासनिक समूहमा शर्मा, उदास, त्रिताल, दाहाल, सिलवाल, शिवाकोटी र प्राविधिक समूहका बिष्ट, शर्मा, आचार्य, तामाङ र बस्नेत तथा विविध सेवाका मल्ल तथ्यांक शास्त्री छन् । मन्त्रिपरिषदको आगामी बैठक सिफारिस भएका १२ सहसचिवमध्येबाट चार जनालाई सचिवमा बढुवा गरी पदस्थापन गर्नेछ ।
सचिवहरु रामहरि अर्याल, आनन्द पोखरेल, पुरुषोत्तम ओझा, अर्जुनबहादुर भण्डारी ५८ वर्ष उमेर पूरा गरी अनिवार्य अवकास पाएकाले चारवटा पद रिक्त भएको हो । हाल प्रधानमन्त्री कार्यालयमा एक जना सचिव, क्षेत्रीय प्रशासन कार्यालय पूर्वााचल पश्चिमााचल मध्यपश्चिमााचल र सुदूर पश्चिमााचल क्षेत्रीय प्रशासक (सचिव) पद रिक्त छ ।

No comments:

Post a Comment