Sunday, July 22, 2012

ठेकेदारको लापर्बाहीले महत्वपूर्ण चतरा पुल निर्माणमा ढिलाइ

काठमाडौं, ७ साउन- पूर्वााचललाई बाँकी मुलुकसित जोड्न सप्तकोसीको चतरामा एसियाली विकास बैंकको अनुदान सहयोगमा दोस्रो वैकल्पिक रणनीतिक पुल निर्माण कार्य ठेकेदार कम्पनीका लापर्वाहीका कारण ढिलाइ भइरहेको जानकारी भौतिक योजना मन्त्रालयका अधिकारीले दिएका छन् । उक्त पुल निर्माणको ठेक्का कालिका कन्स्ट्रक्सन र चिनियाँ ठेकेदार सीटीसीको ज्वोइन्ट भेन्चर संयुक्त लगानी कॊ कम्पनीले लिएको छ महिनामा पाँच प्रतिशतभन्दा कम काममात्र गरेको जानकारी ती अधिकारीले दिए । ठेकेदारले शर्तबमोजिम गहिरो नदीमा पुल बनाउनका लागि आवश्यक अत्याधुनिक उपकरण नल्याई लापर्वाही गरेका कारण निर्माण कार्यमा ढिलाइ भएको हो ।
'ठेकेदारले साढे तीन वर्षमा पुल निर्माण सम्पन्न गर्ने गरी ठेक्का लिएको हो तर छ महिनामा पाँच प्रतिशतभन्दा कम काम सम्पन्न गरेको छ जबकि छ महिनामा ठेकेदारले कम्तीमा १५ प्रतिशत काम गरिसक्नुपथ्र्यो । यही गतिमा काम हुँदा पुल निर्माण अवधि लम्बिनेछ' भौतिक योजना निर्माण तथा यातायात मन्त्रालयका सचिव तुलसी सिटौलाले भने । ठेकेदार हालसम्म चतरातर्फबाट पुल निर्माण गर्ने ठाउँसम्म पुग्ने एक सय मिटर एप्रोच पहुँच सडक खन्नेबाहेक अरु काम सुरु नै गरेकै छैन ।
कोसी पुल रहेको ब्यारेजमा कुनै समस्या आयो या दुई वर्ष वर्षअघिजस्तो तटबन्ध फुट्यो भने पूर्वााचलको बाँकी मुलुकसित स्थल यातायात सम्पर्क टुट्नेछ । नदीको बीचमा दुइटा पिलर र दुई छेउमा एक÷एकवटा पिलरसहितको पुल निर्माण गर्ने योजना सरकारको छ । दुई वर्षअघि तटबन्ध फुटेपछि झन्डै छ महिनाभन्दा बढी समयसम्म पूर्वााचलको बाँकी मुलुकसित स्थल यातायात सम्पर्क विच्छेद भएको थियो । यात्रुहरु भारतको बाटो भएर डुंगाबाट र पछि चतरामा फेरी चलाएर यातायात चलाइएको थियो । त्यही कारण सरकारले चतरामा ८० करोड रुपैयाँ लागतमा पूर्वी नेपाल जोड्ने दोस्रो रणनीतिक र महत्वपूर्ण पुल निर्माण गर्न लागेको हो । चतरा पुलको लम्बाइ २ सय ६० मिटर हुनेछ । 
सिटौलाका अनुसार ठेकेदारले मुलुकको सबभन्दा ठूलो नदीमा पुलको पिलर खडा गर्न २५ मिटर गहिराइसम्म खन्न सक्ने अत्याधुनिक डि्रलिङ मेसिन ल्याउनसमेत आनाकानी गरिरहेको छ । ठेक्का गर्दा नै ठेकेदार कम्पनीले अत्याधुनिक डि्रलिङ मेसिन ल्याउने शर्तसहितको सम्झौता गरेको थियो ।
अत्याधुनिक मेसिन ल्याउन आनाकानी गरेकै कारण पुल निर्माणको काम अपेक्षित रुपमा अघि बढ्न नसेकेको हो । ुभौतिक योजना मन्त्रालयले सामान्य प्रविधिको डि्रलिङ मेसिनबाट चतरामा पुल निर्माण हुन सक्तैन भनेर स्पष्ट भनिदिइसकेका छौं ठेक्काको शर्तअनुसार हामीले अत्याधुनिक डि्रलिङ मेसिन ल्याएर साढे तीन वर्षमा पुल निर्माण कार्य सम्पन्न गर्न ठेकदारलाई हामीले दबाब दिइरहेका छौंु सचिव सिटौलाले भने ।
अत्याधुनिक डि्रलिङ मेसिन भएको कम्पनीले उपलब्ध गराउन तयार भएको ग्यारेन्टीपत्र ल्याएका कारण उक्त ठेकेदारले ठेक्का पाएको हो । ुतर अहिले ठेकेदार कम्पनीले त्यस्तो अत्याधुनिक मेसिन संसारभर जम्मा छवटा छन् पाउन पनि मुस्किल छ ल्याउँदा बिगि्रयो भने के गर्ने जस्ता कुरा उठाएर ल्याउन आनाकानी गरिरहेको छु भौतिक योजनाका अधिकारीले भने । तर संसारमा त्यस्ता अत्याधुनिक डि्रलिङ मेसिन छवटामात्र होइन धेरै रहेको र ठेकेदारले भनेजस्तो भाडामा ल्याउन कुनै समस्या नरहेको जानकारी भौतिक योजना मन्त्रालयका अधिकारीले दिए ।
सरकारले चतरामा डेढ वर्षअघि नै पुल निर्माण कार्य सुरु गर्न लागेको थियो । त्यतिबेला सरकारले अत्याधुनिक डि्रलिङ मेसिन आफैंसित भएको कम्पनीमात्र योग्य हुने भनी ग्लोबल ठेक्का आह्वान गरेको थियो । तर त्यस्तो मेसिन भएको कुनै पनि कम्पनीको प्रस्ताव नपरेका कारण भौतिक योजना मन्त्रालयले ठेक्का रद्द गर् यो । सरकारले ठेक्काको शर्तमा सरलीकरण गरी सरकारले दोस्रोपटक त्यस्तो डि्रलिङ मेसिन भाडामा ल्याउन सक्ने कम्पनीहरुबीच ग्लोबल प्रतिस्पर्धा गराउँदा कालिका कन्स्ट्रक्सन र चिनियाँ सीटीसीको संयुक्त कम्पनीले ठेक्का पाएको हो । संयुक्त कम्पनलिे अत्याधुनिक डि्रलिङ मेसिन ल्याउने शर्तमा ठेक्का पाएको हो ।

No comments:

Post a Comment