Thursday, July 5, 2012

अन्तर्राष्ट्रिय मुद्रा कोषले साढे २ अर्ब सहयोग गर्ने

काठमाडौं, २१ असार- अन्तर्राष्ट्रिय मुद्रा कोषले मुलुकमा किसानका लागि बिउबिजन आयोजना कार्यान्वयन गर्न कृषि विकासका लागि २ अर्ब ४६ करोड रुपैयाँ ऋण तथा अनुदान सहयोग प्रदान गर्ने भएको छ । मन्त्रिपरिषदको बिहीबार बसेको बैठकले कोषको ऋण तथा अनुदान सहयोग स्वीकार गर्ने निर्णय गर्दै सहायता लिने सम्बन्धमा वार्ता गर्न कृषि विकास मन्त्रालयका सहसचिवको नेतृत्वमा आठ सदस्यीय टोली गठन गरेको जानकारी सूचना तथा साचारमन्त्री राजकिशोर यादवले जानकारी दिए ।
यादवका अनुसार वार्ता टोलीलाई कोषसित वार्ता गर्न अख्तियारी प्रदान गरेको छ । मन्त्रिपरिषदले रौतहटमा बिहीबार भएको घटनामा मृत्यु भएका व्यक्तिका परिवारलाई उचित क्षतिपूर्ति घटनाको छानबिन र घाइतेलाई निःशुल्क उपचार गर्ने निर्णय गरेको छ ।
असार १४ गते राति ट्याक्टरको ठक्करबाट स्थानीय रामाश्रय महतोको मृत्यु भएपछि प्रहरीले शंकास्पद चालकलाई पक्राउ गरेको थियो । चन्द्रनिगाहपुर-गौर सडक खण्डमा स्थानीय बासिन्दाले प्रहरीले निर्दाेष व्यक्तिलाई पक्राउ गरेको भन्दै बिहीबार चक्काजाम गरेका छन् । उक्त चक्काजाम खुलाउने क्रममा प्रहरी र स्थानीयबासीबीच भएको झडपले उग्र रुप लिएपछि प्रहरीले गोली चलाउँदा स्थानीय रमोद साह कलवारको मृत्यु भएको थियो भने अन्य दुई जना गम्भीर घाइते भएका थिए ।
मन्त्रिपरिषदले चीनको बेजिङमा आगामी साउन ६ देखि ११ गतेसम्म आयोजना हुने नेपाल-चीन गृह सचिवस्तरीय बैठकमा सहभागी हुन गृह सचिवको नेतृत्वमा आठ सदस्यीय वार्ता टोलीलाई त्यसतर्फ जान स्वीकृति दिएको छ ।
सरकाले बुल्गेरिया सरकारद्वारा नेपाल विद्युत प्राधिकरणमा कार्यरत इलेक्ट्रो मेकानिकल इन्जिनियर उपनिर्देशक महेशमान बस्नेतलाई बुल्गेरियाली नागरिकलाई सहयोग पुर् याएबापत प्रदान गरिएको दि अर्डर अफ म्याडोना हस्रम्यान (प्रथम श्रेणी) को सम्मान ग्रहण गर्न स्वीकृति दिएको छ ।

No comments:

Post a Comment