Tuesday, July 24, 2012

अधिकारकर्मी संस्थाद्वारा हाडालाई मुख्यसचिव बनाउन माग

काठमाडौं, ९ साउन- महिलाका अधिकारका पक्षमा कार्यरतसहित विभिन्न सामाजिक संघसंस्थाले सचिव वृन्दा हाडालाई मुख्यसचिव बनाउन सरकारसित माग गरेका छन् । ती संघसंस्थाले निजामती ऐन २०१३ लागू भएको ५६ वर्षको इतिहासमा हालसम्म महिला मुख्यसचिव हुन नसकेको उल्लेख गर्दै पहिलोपटक दाबेदार रहेकी हाडालाई मुख्यसचिव बनाउन माग गरेका हुन् ।
साचारिक समूह, महिला, कानुन र विकास माच, ब्ल्यु डायमन्ड सोसाइटी, राष्ट्रिय जेन्डर मास्टर प्रशिक्षक नेटवर्क, राष्ट्रिय महिला माच, स्त्री शक्ति र नागरिक शिक्षा समूहले मंगलबार संयुक्त विज्ञप्ति जारी गरी मुख्यसचिव महिला बन्न सक्ने अवसरको सदुपयोग गर्न सरकारलाई आग्रह गरेका छन् । ती संस्थाले महिला मुख्यसचिव हुने यो अवसर गुमेमा महिला सचिवले मुख्य सचिव दाबी गर्न धेरै समय लाग्नेसमेत उल्लेख गरेका छन् । हाडा मुख्यसचिव भएमा ५१ प्रतिशत महिलाको प्रतिनिधित्व हुने र निजामती प्रशासनका लागि ऐतिहासिक कदम हुने दाबीसमेत ती संस्थाले गरेका छन् । 

No comments:

Post a Comment