Monday, July 16, 2012

मेलम्ची आयोजना थप छ महिना ढिलो हुने

आयोजना छिटो सम्पन्न गर्न नेपाली चिनियाँ र एडीबीका अधिकारीबीच बैठक
नयाँ संशोधित कार्ययोजनाअनुसार ठेकेदारले तीन महिनामा २ किमीका दरले सुरुङ खन्नै पर्ने

काठमाडौं, १ साउन- मेलम्ची खानेपानी आयोजना दोस्रोपटक निर्धारित समयभन्दा छ महिना ढिलो अर्थात् सन् २०१५ को डिसेम्बरमा सम्पन्न हुने जानकारी सहरी विकास मन्त्रालयका अधिकारीले दिएका छन् । ती अधिकारीका अनुसार काकाकुल राजधानीबासीले सन् २०१५ को अन्त्यदेखिमात्र मेलम्चीबाट दैनिक ल्याइने १७ करोड लिटर पानी खान पाउनेछन् ।
मेलम्चीमा ठेकेदारले साह्रै धिमा गतिमा कार्य गरेपछि आक्रोशित सहरी विकास मन्त्रालयका अधिकारीले चिनियाँ राजदूत र ठेकेदार कम्पनीको उच्च अधिकारीलाई एक साताअघि नेपाल बोलाई एडीबीका प्रतिनिधिलाई साक्षी राखेर आवश्यक अत्याधुनिक उपकरण र दक्ष जनशक्ति थप गरी कामको गति बढाएर आयोजना चाँडो सम्पन्न गर्न दबाब दिएको छ ।
उक्त दबाबपछि मेलम्ची आयोजनाको प्रमुख दाता एसियाली विकास बैंक, चिनियाँ राजदूत. ठेकेदार कम्पनी सीआरसीसीका नायव महाप्रबन्धक डिन ग्यालोई र सहरी विकास मन्त्रालयका अधिकारीबीच राजधानीमा एक साताअघि भएको बैठकले सुरुङ निर्माणलगायतका कार्य सन् २०१५ मा सम्पन्न गर्ने संशोधित कार्ययोजनालाई स्वीकृत गरेको छ । 
सन् २००९ को फेब्रुअरीमा ठेक्का सम्झौता गरी काम सुरु गरेको ठेकेदार कम्पनी सीआरसीसीले मेलम्चीबाट काठमार्डौंसम्म साढे २७ किलोमिटर सुरुङ खन्नुपर्नेमा असार मसान्तसम्म अर्थात् सवा तीन वर्षमा जम्मा ५ किलोमिटर सात सय मिटरमात्र सुरुङ निर्माण गरेको छ । बैठकमा ठेकेदार कम्पनीका चीनबाट आएका उच्च अधिकारीले जनशक्ति र उपकरण थपेर कामको गति बढाई सन् २०१५ को डिसेम्बरसम्ममा सुरुङ निर्माणलगायतका कार्य सम्पन्न गर्ने संशोधित कार्ययोजना पेस गरेको थियो । 
बैठकले सुरुङ निर्माण कार्यको सहरी विकास मन्त्रालय र एडीबीले नियमित अनुगमन गर्ने सहमतिमा ठेकेदार कम्पनीको संशोधित कार्ययोजनालाई स्वीकृति दिएको जानकारी सहरी विकास मन्त्रालयका अधिकारीले दिए । ती अधिकारीका अनुसार सीआरसीसीका नायव महाप्रबन्धक डिन ग्यालोईले बैठकमा मेलम्चीको सुरुङ निर्माणको गति बढाउन आवश्यक थप उपकरण र जनशक्ति पठाउने प्रतिबद्धता जनाएका छन् । नायव महाप्रबन्धकको प्रतिबद्धताअनुसार थप उपकरण र जनशक्ति ल्याउन सीआरसीसीका मेलम्ची आयोजनाका म्यानेजर ग्यालोईसँगै चीनतर्फ गइसकेको जानकारीसमेत सहरी विकास मन्त्रालयका अधिकारीले दिए ।
महिनाको २ सय मिटरको हाराहारीमा सुरुङ खन्दै आएको ठेकेदारले पछिल्लो समयमा कामको गति बढाएर जुनमा ५ सय ३२ मिटर र जुलाईको १५ तारिखसम्म २ सय ८५ मिटर सुरुङ खनिसकेको छ जुलाईमा मात्र ६ सय मिटर सुरुङ खनिसक्ने लक्ष्य ठेकेदारको छ । बैठकमा सहमति भएको संशोधित कार्ययोजनामा ठेकेदारले अगस्ट सेप्टेम्बर र अक्टोबर गरी तीन महिनामा थप २ किमी सुरुङ खन्नुपर्नेछ । तीन महिनामा २ किमीका दरले सुरुङ खन्नुपर्ने कार्ययोजना पूरा गर् यो कि गरेन भनेर सहरी विकास मन्त्रालय र एडीबीले नियमित अनुगमन गर्ने र नभएमा उक्त गतिमा कार्य गर्न ठेकेदारलाई सहमतिअनुसार आवश्यक जनशक्ति र उपकरण बढाउन चेतावनी दिनेलगायतका कार्य गर्ने जानकारी आयोजना प्रमुख कृष्ण आचार्यले जानकारी दिए । 'ठेकेदारले तीन महिनामा २ किमीका दरले सुरुङ खन्छ । त्यसका लागि सुरुङको निर्माण कार्य प्रतिमहिना ६ सयदेखि सवा सात मिटरसम्म पुर् याउने प्रतिबद्धता कार्ययोजनामा गरेको छ' उनले भने- 'तीन महिनामा २ किमीका दरले खन्ने हो भने ठेकेदारले सन् २०१५ डिसम्बरसम्ममा सुरुङ निर्माण र सुरुङको भुइँमा रहेका माटो ओसार्ने रेलको लिक निकालेर पिच गर्ने कार्य सम्पन्न गरिसक्नेछ ।'
आचार्यले कार्ययोजनाअनुसार तीन महिनामा २ किमीका दरले सुरुङ खन्ने हो भने सन् २०१५ को अन्त्यसम्ममा आयोजनाको निर्माण सम्पन्न भई राजधानीमा मेलम्चीको पानी आउन थाल्ने विश्वास व्यक्त गरे । सन् २००९ को फेब्रुअरीमा चिनियाँ ठेकेदारले सन् २०१३ को सेप्टेम्बरमा सुरुङ निर्माण कार्य सम्पन्न गर्ने शर्तमा ठेक्का सम्झौता गरेको थियो । काम सुरु गर्न ढिलाइ आवश्यकताअनुसार जनशक्ति र उपकरण नल्याएका कारण ठेकेदारले काम सम्पन्न गर्ने अवधि दोस्रोपटक थप गरिएको हो । 
यसअघि सम्झौताअनुसार सुरुङ निर्माण कार्यमा प्रगति गर्न नसकेपछि ठेकेदारले सन् २०१३ को सट्टा सन् २०१५ को जुनमा सम्पन्न गर्ने कार्ययोजना पेस गरेको थियो । कामको गति आवश्यकताअनुसार बढाउन नसकेका कारण उक्त अवधिमा पनि सुरुङ निर्माण कार्य सम्पन्न हुन नसक्ने देखेपछि सहरी विकास मन्त्रालयका सचिव ताना गौतमसहितका अधिकारीहरुले चिनियाँ राजदूत चीनबाट ठेकेदार कम्पनीका उच्च अधिकारीलाई नेपाल बोलाई प्रमुख दाता एडीबीसहित राखेर बैठक गरेको हो । बैठकमा सहरी विकास मन्त्रालयका अधिकारीले चीनबाट ठेकेदार कम्पनीका उच्च अधिकारी र नेपालमा कार्यरत ठेकेदारका म्यानेजरलाई आवश्यक अत्याधुनिक उपकरण र जनशक्ति थप गरी काम छिटो सम्पन्न गर्न दबाब दिएको हो ।
त्यही उच्चस्तरीय बैठकमा ठेकेदार कम्पनीले आवश्यक अत्याधुनिक उपकरण र जनशक्ति थप गरी कामको गति कम्तीमा तीन महिनाको २ किमीका दरले सुरुङ खनेर सन् २०१५ को डिसेम्बरमा सम्पन्न गर्ने अन्तिम संशोधित कार्ययोजना पेस गरेको हो । सन् २०१५ को अन्त्यमा काम सम्पन्न गर्ने शर्तमा सहरी विकास मन्त्रालयका अधिकारी चिनियाँ राजदूत ठेकेदार कम्पनीका उच्चस्तरीय अधिकारी र एडीबीले ठेकेदारको संशोधित कार्ययोजना स्वीकृत गरेका हुन् ।
ठेकेदारले सुरुमा निर्धारित समयमा सम्पन्न गर्न सक्ने गरी आवश्यक गतिमा सुरुङ निर्माण कार्य नै अघि बढाउन सकेन । ठेकेदारले सुरुमा प्रतिमहिना २ सय मिटरभन्दा कमका दरले मात्र सुरुङ निर्माण गर्दै आएको थियो । ठेकेदारले गत जनवरी फेब्रुअरी र मार्चमा करिब २ सयका दरले तीन महिनामा जम्मा ६ सय मिटरमात्र सुरुङ खनेको छ । मन्त्रालयको बारम्बारको दबाबले ठेकेदारले उपकरण र जनशक्ति बढाई अपि्रलदेखि कामको गति बढाउन थालेको छ । ठेकेदारले अपि्रलमा साढे ४ सय मिटर, मेमा ५ सय १५, जुनमा ५ सय २२ मिटर सुरुङ खनेको छ भने जुलाईमा ६ सय ७० मिटर सुरुङ खन्ने लक्ष्य ठेकेदारको छ । 
पहिला तीन सयको हाराहारीमा चिनियाँ दक्ष जनशक्तिमात्र काममा लगाएको ठेकेदारले हाल ४ सय जना पुर् याएको छ ठेकेदारका तर्फबाट त्यसबाहेक करिब डेढ सय दक्ष नेपाली जनशक्ति कार्यरत छन् । ठेकेदारले पछिल्लो समयमा सुरुङ खन्न आवश्यक अत्याधुनिक उपकरणसमेत थप्दै लगेको जानकारी आयोजना प्रमुख आचार्यले दिए । 

No comments:

Post a Comment