Tuesday, July 17, 2012

कानुनतर्फका दुई सहसचिव सचिवमा बढुवा

काठमाडौं, २ साउन- सरकारले न्याय सेवा आयोगको सिफारिसमा न्याय सेवाका दुई सहसचिवलाई विशिष्ठ श्रेणी सचिव मा बढुवा गरेको छ । मन्त्रिपरिषदको मंगलबार अपराह्न बसेको बैठकले कानुन सेवाका वरिष्ठ सहसचिव राजेन्द्रकिशोर क्षेत्रीलाई कानुन सचिवमा र न्याय सेवाका वरिष्ठ सह रजिष्टार रोहितचन्द शाहलाई रजिष्टार सचिव मा बढुवा गरेको हो ।
मन्त्रिपरिषदले क्षेत्रीलाई कानुन आयोगको सचिवमा र शाहलाई सर्वोच्च अदालतको रजिष्टारमा पदस्थापन गरेको जानकारी शिक्षामन्त्री दिनानाथ शर्माले जानकारी दिए । क्षेत्री कानुन आयोगमा निमित्त सचिव र शाह सर्वोच्चमा निमित्त रजिष्टार थिए । न्याय सेवामा सबभन्दा वरिष्ठ सहसचिवलाई सचिव बढुवा गर्ने स्थापित परम्परा छ । 
पाण्डेलाई फोस्र कमान्डरमा प्रतिस्पर्धा गर्न स्वीकृित
मन्त्रिपरिषदले नेपाली सेनाका उपरथी पवनबहादुर पाण्डेलाई दक्षिणी सुडानको संयुक्त राष्ट्रसंघीय शान्ति मिसनको फोस्र कमान्डरमा नियुक्तिका लागि प्रतिस्पर्धा गर्न स्वीकृत प्रदान गरेको छ ।
नर्वेद्वारा नवीकरणीय ऊर्जालाई सहयोग 
नर्वे सरकारले राष्ट्रिय ग्रामीण तथा नवीकरण ऊर्जा कार्यक्रम कार्यान्वयनका लागि उपलब्ध गराउन १ सय ७२ मिलियन नर्वेजियन क्रोनर अनुदान सहयोग गर्ने भएको छ । मन्त्रिपरिषदले नर्वेको सहयोग स्वीकार गर्ने निर्णय गर्दै सहायतासम्बन्धी सम्झौता गर्न अर्थमन्त्रालयका सचिव कृष्णहरि बाँस्कोटालाई अख्तियारी प्रदान गरेको छ ।
राजिनामा स्वीकृत
मन्त्रिपरिषदले नेसनल ट्रेडिङ लिमिटेडका महाप्रबन्धकमा मोहनमान स्वाँरले दिएको राजिनामा स्वीकृत गरेको छ । 

No comments:

Post a Comment