Friday, March 29, 2013

संविधानसभा चुनावलाई सहयोग पु¥याउन सचिवहरूलाई निर्देशन

काठमाडौं, १५ चैत– मुख्यसचिव लीलामणि पौडेलले सबै मन्त्रालयका सचिवहरूलाई आगामी संविधानसभा चुनाव सफलतापूर्वक सम्पन्न गर्नका लागि आ–आफ्नो मन्त्रालय र मातहतका सबै निकायबाट आवश्यक सक्दो सहयोग गर्न निर्देशन दिएका छन् ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयमा बसेको सचिवहरूको बैठकमा पौडेलले संविधानसभा चुनावका लागि निर्वाचन आयोगले माग्ने सहयोग आ–आफ्नो मन्त्रालय र मातहतका निकायबाट उपलब्ध गराउन निर्देशन दिएको जानकारी एक सहभागीले दिए ।
ती सहभागीका अनुसार पौडेलले गृह सचिव नवीन घिमिरेलाई आयोगको फोटोसहितको मतदाता परिचयपत्र वितरण अभियान सफल पार्नका लागि मातहतका जिल्ला प्रशासन कार्यालय र सुरक्षा निकायहरू परिचालन गर्न÷गराउन निर्देशन दिएका थिए । उनले मतदाता परिचयपत्र वितरणमा भइरहेको अवरोधलाई सुरक्षा निकाय परिचालन गरी रोक्नसमेत आग्रह गरेका थिए ।  पौडेलले मतदाता परिचयपत्र वितरण अभियानलाई निर्वाध सञ्चालनको वातावरण बनाउनसमेत गृहसचिवलाई निर्देशन दिएका थिए ।
मुख्यसचिव पौडेलले निर्वाचन गराउनका लागि मन्त्रालयहरूले उपलब्ध गराउन सक्ने कर्मचारीहरूको विवरण तयार गर्न र आयोगका लागि आवश्यक सवारी साधन दुरुस्त राखी चुनावका लागि उपलब्ध गराउनसमेत सचिवहरूलाई निर्देशन दिएका थिए । सचिव बैठकले संविधानसभा चुनाव सफल पार्न विभिन्न मन्त्रालयहरूले गर्न सक्ने सहयोगका लागि तयारी अवस्थामा बस्ने निर्णय गरेको जानकारी स्रोतले दिए ।


No comments:

Post a Comment