Friday, March 15, 2013

माथिल्लो तामाकोसी निर्धारित मितिभन्दा ६ महिना ढिलो सम्पन्न हुने

काठमाडौं, २ चैत– चिनिया“ ठेकेदारका कारण निर्माणाधीन सबभन्दा ठूलो ४५६ मेगावाटको जलविद्युत् आयोजना माथिल्लो तामाकोसीबाट निर्धारित मितिभन्दा छ महिना ढिलो अर्थात् २०७२ चैतदेखि मात्र पूर्ण क्षमतामा विद्युत् उत्पादन सुरु हुने भएको छ ।
मुलुकले चरम लोडसेडिङको समस्या भोगिरहेका बेला मुलुककै सबभन्दा ठूलो आयोजनाबाट विद्युत् उत्पादन निर्धारित मितिभन्दा छ महिना ढिलो सुरु हुने स्थिति उत्पन्न हुनु दुःखद् भएको ऊर्जा मन्त्रालयका एक अधिकारीले बताए । ती अधिकारीले चिनिया“ ठेकेदारबाट सुरु भएको लापरबाहीका कारण उक्त आयोजना पछिल्लो समयमा भनिएभन्दा झन् ढिलो सम्पन्न हुने हो कि भन्ने चिन्ता बढेकोसमेत उल्लेख गरे ।
अपर तामाकोसी हाइड्रो पावर लिमिटेडले हालै ऊर्जा मन्त्रालयलाई बुझाएको गोप्य मासिक प्रगति प्रतिवेदनमा सिभिल ठेकेदार चिनिया“ कम्पनी सिनो हाइड्रोका कारण आयोजनाबाट व्यापारिक उत्पादन निर्धारित मितिभन्दा छ महिना ढिलो सुरु हुने जानकारी गराएको छ ।
सिभिलतर्फ ठेकेदार र परामर्शदाताबीच एक वर्षअघि आयोजनाको सम्पूर्ण निर्माण कार्य सम्पन्न गरी २०७२ असोजदेखि पूर्ण क्षमतामा विद्युत् उत्पादन गर्ने भनी भएको सहमतिअनुसार कार्य हुन नसकेको उल्लेख गर्दै तामाकोसी हाइड्रो पावर लिमिटेडले तालुकवाला मन्त्रालयलाई माथिल्लो तामाकोसी आयोजना निर्धारित मितिभन्दा ६ महिना ढिलो सम्पन्न हुने जानकारी गराएको हो । चिनिया“ ठेकेदारका कारण आयोजनाको निर्माण अवधि लम्बिंदा लागतसमेत बढ्ने चिन्ता तामाकोसी हाइड्रो पावर लिमिटेडका अधिकारीले व्यक्त गरेका छन् । तर, तामाकोसी हाइड्रो पावरले प्रगति प्रतिवेदनमा लागत बढ्नेबारेमा भने केही पनि उल्लेख गरेको छैन ।
अपर तामाकोसी हाइड्र पावर लिमिटेडले प्रगति प्रतिवेदनमा चिनिया“ ठेकेदारले निर्माण उपकरण र विस्फोट पदार्थ आयात गर्न लामो समय लागेको र अन्य विविध कारण देखाउ“दै निर्माण अवधि बढ्ने कुरा पेस गरेको तथा सिभिल निर्माणस“ग समन्वयात्मक ढंगले अघि बढाउनुपर्ने लट नं. २ र ३ को खरिद सम्झौता हुन ढिलाइ भएकाले निर्धारित मिति २०७२ असोजभित्र आयोजना सम्पन्न गर्न असर परेको जनाएको छ ।
सिभिलतर्फको मुख्य संरचना भूमिगत विद्युत् गृह निर्माण कार्यमा चिनिया“ ठेकेदारको कमजोरीका कारण केही ढिलाइ हुने देखिएकाले उक्त ठेकेदारको मुख्य कार्यालय चीनमा पत्राचार गरी उच्च व्यवस्थापन टोली खटाई समस्या समाधान गर्न र निर्माण तालिका सम्बन्धमा गहन छलफल गरी प्रस्ताव पेस गर्न आग्रह गरिएकोसमेत अपर तामाकासो हाइड्रो पावर लिमिटेडले प्रतिवेदनमा उल्लेख गरेको जानकारी ऊर्जा मन्त्रालयका एक अधिकारीले दिए ।
लट नं. १, २ र ३ का ठेकेदारसित वार्ता गरी आयोजनाको निर्माण सम्पन्न हुने नया“ मिति तय भएको उल्लेख गर्दै अपर तामाकासो हाइड्रो पावरले विद्युत् गृहका युनिटहरूबाट दुई÷दुई महिनाको फरकमा व्यापारिक उत्पादन गर्ने समझदारी भएको प्रतिवेदनमा उल्लेख गरेको छ । पहिलो युनिटबाट २०७२ जेठमा, २०७२ कात्तिकभित्र ४ युनिटबाट तथा २०७२ चैत महिनाभित्र आयोजनाको सम्पूर्ण निर्माण कार्य सम्पन्न गरी सबै युनिटबाट पूर्ण क्षमतामा ४५६ मेगावाट विद्युत् उत्पादन हुने जानकारी तामाकोसी हाइड्रो पावरका एक अधिकारीले दिए । लट नं. १ अर्थात् सिभिलतर्फको चिनिया“ ठेकेदार कम्पनी र परामर्शदातासित एक वर्षअघि भएको सहमतिअनुसार विद्युत् खरिद सम्झौतामा भएको मितिभन्दा पहिले अर्थात् २०७२ असोजभित्र उक्त आयोजनाबाट ६ वटै युनिटबाट पूर्ण क्षमतामा विद्युत् उत्पादन गर्ने गर्ने समयतालिका निर्धारण गरिएको थियो ।
चिनिया“ ठेकेदारको कमजोरीका कारण सहमतिअनुसार तय गरिएको समयतालिकाभन्दा ट महिना ढिलो विद्युत् उत्पादन हुन सक्ने अवस्था आएको अपर तामाकोसी हाइड्रोपावरका अधिकारीले जानकारी दिए ।
चिनिया“ ठेकेदारका कारण निर्माणमा ढिलाइ भए पनि आयोजना सुरु गर्दा पहिलो युनिटबाट २०७२ जेठ, ४ वटा युनिटबाट २०७२ कात्तिकभित्र ३०९ मेगावाट र सबै छ युनिटबाट २०७२ चैतभित्र उत्पादन गर्ने भनी निर्धारित पहिलो समयतालिकाभन्दा भने ढिलो नहुने दाबी अपर तामाकोसी हाइड्रो पावर लिमिटेडले गरेको छ ।
२०६७ भदौ १७ मा निर्माण कार्य सुरु भएको उक्त आयोजनाको कुल अनुमानित लागतमा ३५ अर्ब २९ करोडमा हालसम्म ११ अर्ब २३ करोड रुपैया“ खर्च भइसकेको छ । चिनिया“ ठेकेदार कम्पनीले २०६७ साउन १६ मा लट नं. १ अन्तर्गत बा“ध, इन्टेक, बालुवा थेग्य्राउने पाखरी निर्माण, मुख्य सुरुङ, पेनस्टक, भूमिगत विद्युत् गृह, टेलरेस सुरुङसहित सबै प्रमुख सिभिल कार्यको निर्माणको ठेक्का लिएको छ ।  उक्त कम्पनीले सिभिलतर्फको ठेक्का १३ अर्ब ३७ करोड रुपैया“मा ठेक्का लिएको हो ।
लट नं. २ को हाइड्रो मेकानिकल कार्यको ठेक्का भारतीय कम्पनी, लट नं. ३ को मेकानिकल तथा इलेक्ट्रिकल कार्यको ठेक्का अस्ट्रियाई कम्पनी,  लट नं. ४ को प्रसारण लाइन तथा सबस्टेसन निर्माणको ठेक्का केईसी नामक भारतीय कम्पनीले लिएका छन् । अपर तामाकोसी हाइड्रो पावर लिमिटेडले सिभिलतर्फको ठेक्कामा मात्र समस्या देखिएको र त्यही कारण सहमतिअनुसार निर्धारित मितिमा आयोजना सम्पन्न हुन नसक्ने स्थिति उत्पन्न भएको प्रगति प्रतिवेदनमा उल्लेख गरेको छ ।


No comments:

Post a Comment