Thursday, March 21, 2013

अख्तियारका अभियुक्त कार्की अख्तियारकै प्रमुख !

कार्कीद्वारा नक्कली धनी खडा गरी ७० लाख बराबरको बरामदको सुन हजाम
काठमाडौं, ८ चैत– अख्तियार दुरुपयोग अनुसन्धान आयोगद्वारा सुन तस्कारीमा प्रमुख अभियुक्त ठह¥याई अदालतमा मुद्दा दायर गरिएका पूर्वमुख्यसचिव लोकमानसिंह कार्कीलाई प्रमुख चार दलले अख्तियारकै प्रमुख आयुक्त नियुक्त गर्न अन्तरिम चुनावी मन्त्रिपरिषदलाई सिफारिस गरेर संवैधानिक निकायकै अपमान गरेका छन् ।
अख्तियारले कार्कीलाई भन्सार विभागका महानिर्देशक हु“दा २०५१ सालमा भ्रष्टाचार गरी ७२ लाख रुपैया“बराबरको तस्करीको सुनलाई वैधता दिएकामा दोषी ठह¥याई २०५१ सालमा जिल्ला अदालतमा मुद्दा दायर गरेको थियो । ‘अख्तियारले भ्रष्टाचार मुद्दा दायर गरेको व्यक्तिलाई त्यसैको प्रमुख बनाउन सिफारिस गर्नु अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐनको उल्लंघनमात्र नभई संवैधानिक निकायकै अपमान हो’ एक सरकारी अधिकारीले भने– ‘त्यति ठूलो र संवेदनशील भ्रष्टाचार काण्डमा मुछिएको व्यक्तिलाई अख्तियार प्रमुख बनाउन सिफारिस गर्ने निर्णय रहस्यमय छ ।’
प्रमुख चार दलका नेताले आफ्नो पार्टीबाट प्रधानमन्त्री र मन्त्री भएका नेताको भ्रष्टाचारमा अख्तियारले छानबिन नगरोस् भनेर विवादास्पद पूर्वमुख्यसचिव कार्कीलाई प्रमुख आयुक्त नियुक्ति गर्न सरकारले सिफारिस गरेको टिप्पणी सरकारी अधिकारीले गरेका छन् र
त्रिभुवन विमानस्थल भन्सार कार्यालयले २०५१ सालमा ७२ लाख रुपैया“बराबरको बेवारिसे सुन बरामद गरेको थियो । तस्करले समातिने डरले उक्त सुन बेवारिसे अवस्थामा छाडेको तत्कालीन भन्सार कार्यालयका एक अधिकारीले भने ।
भन्सार विभागका तत्कालीन महानिर्देशक कार्कीले नक्कली सुन धनी खडा गरी भन्सार तिराएर तस्करीको सुन छुटाएका थिए । तस्करीको सुन अवैध रूपमा भन्सार लिएर छुटाउने निर्णय महानिर्देशकका नाताले कार्कीले गरेका थिए । नक्कली सुन धनी भविन्द्र बुढाथोकीलाई बनाइएको थियो । कार्कीको निर्णयबाट सरकारको ढुकुटीमा आएको ७२ लाख रुपैया“ बराबरको सुन गुम्न पुगेको थियो । कार्कीले नक्कली सुन धनी खडा गरी मोटो रकम लिएर तस्करीको सुनलाई वैधता दिई भन्सार तिराएर छोडाएका हुन् ।
जिल्ला अदालतले अख्तियारद्वारा दायर गरिएको ७२ लाख बराबरको तस्करीको सुनलाई भ्रष्टाचार गरी छुटाएर कार्कीले भ्रष्टाचार गरेको ठहर गरी कैद सजाय र बिगोबराबरको जरिवाना गरेको थियो । तर, कार्की पुनरावेदन अदालतका तत्कालीन न्यायाधीशलाई प्रभावित गरी भ्रष्टाचार मुद्दाबाट सफाइ पाउन सफल भए ।
पुनरावेदनले सरकारी वकिलले मुद्दा दायर गर्नुपर्नेमा अख्तियारले दायर गर्नु त्रुटिपूर्ण भएको भन्दै मुद्दा खारेज गरी कार्कीलाई बचाएको थियो । अख्तियारले आफ्नो २०५७÷०५८ को वार्षिक प्रतिवेदनमा संवैधानिक निकायले मुद्दा दायर गर्न मिल्दैन भनी कार्कीलाई बचाउन मुद्दा खारेज गर्ने पुनरावेदनको निर्णय त्रुटिपूर्ण रहेको टिप्पणी गरेको छ । अख्तियारले प्रतिवेदनमा कार्कीलाई उनीविरुद्ध दायर भएको मुद्दाभित्र प्रवेशै नगरी सफाइ दिएर उल्टो इन्साफ दिएको टिप्पणीसमेत गरेको छ ।
अख्तियार कार्कीको सुन तस्करीका बारेमा पुनरावेदनले गरेको फैसलामा चित्र नबुझी त्यसविरुद्ध सर्वोच्चमा गएको थियो । २०५६ सालमा तत्कालीन प्रधानन्यायाधीश मोहनप्रसाद शर्माले सर्वोच्चबाट रहस्यमय ढंगले कार्कीलाई सफाइ दिएका थिए । त्यतिबेला कार्कीले शर्मालाई प्रभावमा पारेकाले सफाइ पाएको स्रोतले उल्लेख गरेको छ । अख्तियारले शर्मा निर्णय त्रुटिपूर्ण भएको उल्लेख गर्दै उक्त मुद्दाको फैसलामा पुनरावलोकन गर्न सर्वोच्चमा निवेदन दिएको थियो । त्यसमा सर्वोच्चले अझै निर्णय दिएको छैन ।
शर्मा न्यायाधीश आचारसंहिताविपरीत अभियुक्त कार्कीका बुबाको नाममा रहेको भूपालमानसिंह प्रतिष्ठानद्वारा विराटनगरमा आयोजित कार्यक्रममा प्रमुख अतिथि बनेका थिए । कार्कीको अतिथि बनेर फर्केका शर्माकै इजलासले भ्रष्टाचार मुद्दामा कार्कीलाई सफाइ दिएको थियो । शर्माले कार्कीकै निम्तामा कार्यक्रममा सहभागी हुनु र फर्केपछि उनलाई सफाइ दिनुले त्यसमा मिलोमतो रहेको प्रष्ट हुने कानुनविदले उल्लेख गरेका छन् । मुद्दा विचाराधिन रहेका पक्ष्ँले बोलाएको कार्यक्रममा आतिथ्य ग्रहण गर्नु आचारसंहिता विपरीत भएको भन्दै कानुन क्ष्ँेत्रबाटै त्यतिबेला शर्माको तीव्र आलोचना भएको थियो ।

No comments:

Post a Comment