Friday, March 15, 2013

मन्त्रिपरिषदका अध्यक्ष रेग्मीद्वारा राष्ट्रपतिसमक्ष सपथग्रहण

घिमिरे गृह र परराष्ट्र तथा न्यौपाने श्रम र कानुनमन्त्री नियुक्त
काठमाडौं, १ चैत– राष्ट्रपति रामवरण यादवले अन्तरिम चुनावी मन्त्रिपरिषद्का अध्यक्ष प्रधानन्यायाधीश खिलराज रेग्मीलाई बिहीबार पद तथा गोपनीयता सपथ खुवाएका छन् । राष्ट्रपति निवासमा बिहीबार बिहान आयोजित समारोहमा राष्ट्रपतिले रेग्मीलाई सपथ खुवाएका हुन् ।
प्रमुख चार राजनीतिक शक्तिबीच बुधबार राति भएको सहमतिअनुसार तत्कालीन प्रधानमन्त्री बाबुराम भट्टराई सरकारको सिफारिसमा राष्ट्रपति यादवले अन्तरिम संविधानको बाधा अड्काउ फुकाउने आदेश जारी गरेपछि रेग्मीलाई बुधबार राति नै अन्तरिम चुनावी मन्त्रिपरिषदको अध्यक्ष नियुक्त गरेका हुन् ।
राष्ट्रपतिबाट संविधानको बाधा अड्काउ फुकाउ आदेश जारी गरी प्रधानन्यायाधीशलाई अन्तरिम चुनावी मन्त्रिपरिषदको अध्यक्ष हुने संवैधानिक बाटो खोलिएको हो । सपथग्रहण समारोहमा उपराष्ट्रपति परमानन्द झा, निवर्तमान प्रधानमन्त्री भट्टराई, प्रमुख दलका सबैजसो नेता उपस्थित थिए ।
रेग्मीले बिहीबार दिउ“सो सिंहदरबारस्थित मन्त्रिपरिषद्को कार्यालयमा पद बहाली गरेका छन् । यसअघिका नवनियुक्त प्रधानमन्त्रीले प्रधानमन्त्रीका रूपमा पदभार ग्रहण गर्ने चलन भए पनि यसपटक भने दलहरूले चुनावी मन्त्रिपरिषद् गठन गर्ने सहमति गरेका कारण सोही आधारमा अध्यक्षका रूपमा रेग्मीले पदभार ग्रहण गरेका हुन् ।
पद बहालीपछि सञ्चारकर्मीसित संक्षिप्त कुराकानी गर्दै रेग्मीले देशमा शान्ति सुव्यवस्था कायम गर्दै सम्पूर्ण राजनीतिक दलको सहयोगबाट निष्पक्ष, स्वतन्त्र र भयरहित वातावरणमा चुनाव सम्पन्न गर्ने आफ्नो मूल उद्देश्य रहेको बताए ।
‘राजनीतिक दलहरूले चुनाव सम्पन्न गर्ने प्रयोजनका लागि चुनावी सरकार गठन गर्ने सहमति गरी मलाई जिम्मेवारी दिएका हुन्, सम्पूर्ण दलले आफूलाई विश्वास गरेकाले म उहाँहरूलाई आभार व्यक्त गर्छु ।’
मन्त्रिपरिषदका अध्यक्ष रेग्मीले पूर्वमुख्यसचिव माधव घिमिरे र पूर्वकानुन सचिव हरि न्यौपानेलाई मन्त्री नियुक्ति गरी बिहीबार नै राष्ट्रपतिको उपस्थितिमा दुवै जनालाई पद तथा गोपनीयताको सपथ खुवाएका छन् । निजामती प्रशासनको पूर्व विशिष्ट श्रेणीका पदाधिकारीलाई नियुक्त गर्ने दलीय सहमतिअनुसार रेग्मीले पूर्वमुख्यसचिव घिमिरे र पूर्वकानुन सचिव न्यौपानेलाई मन्त्री नियुक्त गरिएको हो । न्यौपाने कानुन आयोगको सचिव र सेवाबाट निवृत्त भएपछि आयोगकै उपाध्यक्षसमेत भएका थिए । बा“की मन्त्रीसमेत निजामती प्रशासनका पूर्व विशिष्ट श्रेणीका अधिकारीबाट नियुक्त गरिनेछ ।
रेग्मीले घिमिरेले गृह र परराष्ट्र तथा न्यौपानेलाई श्रम तथा रोजगार र कानुन, न्याय तथा संविधानसभा मन्त्रालयको जिम्मेवारी दिएका छन् । दुवै मन्त्रीले बिहीबार नै आ–आफ्नो मन्त्रालयमा गई पद बहाली गरेका छन् । बा“की सबै मन्त्रालय रेग्मीले आफ्नो मातहतमा राखेका छन् । उनले एक÷दुई दिनमै मन्त्रिपरिषद विस्तारको तयारी गरेको जानकारी एक मन्त्रीले दिए ।

No comments:

Post a Comment