Tuesday, March 5, 2013

महानिर्देशक झालाई किर्ते नागरिकतामा कारबाही गर्न अख्तियारलाई पत्राचार

प्रधानमन्त्रीको संरक्षणमा झाको पुरानो नागरिकताको कपी सबै निकायबाट गायब
काठमाडौं, २२ फागुन– गृह मन्त्रालयले नापी विभागका विवादास्पद महानिर्देशक नागेन्द्र झाले किर्ते गरी दुई वर्ष उमेर घटाएर दोस्रोपटक नागरिकता प्रमाणपत्र लिएको पाइएको उल्लेख गर्दै उनी आवश्यक अनुसन्धान गरी कारबाही गर्न अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई लिखित आग्रह गरेको छ ।
गृहले मन्त्रालयस्तरीय निर्णय गरी झाले निजामती किताबखानामा सेवा प्रवेश गर्दा भरेको सिटरोल र पछि बुझाएको नागरिकता प्रमाणपत्रमा किर्ते गरी उमेर दुई वर्षको फरक पारेको देखिएको उल्लेख गर्दै उनीमाथि किर्ते गरी नागरिकता लिएकोसम्बन्धमा छानबिन गरी कारबाही गर्न अख्तियारलाई पत्र पठाई आग्रह गरेको जानकारी स्रोतले दिए ।
सत्तारूढ माओवादीका नेता एवं पूर्वभूमिसुधारमन्त्री प्रभु साहमार्फत् प्रधानमन्त्री बाबुराम भट्टराईको संरक्षणमा रहेको झाले लोकसेवा आयोग, नापी विभाग, भूमिसुधार मन्त्रालय, सञ्चय कोष, नागरिक लगानी कोष, निजामती किताबखानालगायतमा पेस गरेको पुरानो नागरिकता प्रमाणपत्रको छायाकपी तिनै निकायका कर्मचारीलाई प्रभाव र प्रलोभनमा पारी गायब पार्न सफल भइसकेको जानकारी गृह मन्त्रालय स्रोतले दिएका छन् । झाले प्रधानमन्त्री भट्टराई र नेता साहको प्रभाव देखाएर ती सबै निकायबाट आफ्नो पुरानो नागरिकताको छायाकपी सबै ठाउ“बाट गायब बनाएकोसमेत स्रोतले उल्लेख गरेको छ ।
विश्व हिन्दू युवा संघ पर्साका काशी तिवारीको हत्याको अभियोग लागेका आफ्ना तत्कालीन तालुकवाला भूमिसुधारमन्त्री साहलाई बचाउनका लागि झाले पीडित बबितादेवीलाई ८ लाख रुपैया“ घूस दिएका थिए । झाले तिवारीकी पत्नी बबितादेवीलाई प्रलोभन दिई हत्यामा साहलाई नपोल्न घूस दिएका हुन् । घूस दिएकामा कारबाहीमा पर्नुपर्ने विवादास्पद झालाई प्रधानमन्त्रीकै दबाबमा नापीजस्तो महत्वपूर्ण र संवेदनशील विभागको महानिर्देशक बनाइएको हो ।  पर्सामा प्रजिअसमेत हु“दा झाले विवादास्पद कार्य गरेका थिए । प्रजिअ हु“दा झालाई वीरगन्जमा भन्सार छलीको गाडीसहित स्थानीयबासीले नियन्त्रणमा लिएका थिए ।
आफ्नो पक्षका नेता साहलाई बचाउन सहयोग गरेको गुन तिर्न प्रधानमन्त्रीले झालाई संरक्षण दिएकाले नै झाले विभिन्न निकायमा रहेको आफ्नो नागरिकताको कपी गायब पार्न र त्यसको सट्टा २ वर्ष उमेर घटाएको पछिल्लो नागरिकताको कपी पेस गर्नेलगायतका हरकत गर्न सफल भएको सरकारी अधिकारी बताउ“छन् ।
‘हामीले झाको गृह जिल्ला सर्लाहीको जिल्ला प्रशासन कार्यालयमा बुझ्दा आगलागीबाट सम्पूर्ण अभिलेख जलेकाले पहिला उनले लिएको पहिलो नागरिकताको रेकर्ड भेटिएन । सेवा प्रवेश गर्दा जुन जुन निकायमा उनले नागरिकताको छायाकपी बुझाएका थिए, सबै ठाउ“बाट कपी गायब पारिएको छ । निजामती किताबखानाको सिटरोलमा उमेर दुई वर्ष फरक देखिएकाले उनले दोस्रो नागरिकता झूटो विवरण दिई निकालेको हुनाले हामीले मन्त्रालयस्तरीय निर्णय गरी उनीमाथि अनुसन्धान गरी कारबाही गर्न अख्तियारलाई लिखित आग्रह गरेका हौं’ गृह मन्त्रालयका एक उच्च अधिकारीले भने ।
झा किर्ते नागरिकतामा समेत प्रधानमन्त्रीकै प्रभावमा अख्तियारबाट बच्ने सक्ने सम्भावना रहेको सरकारी अधिकारी बताउ“छन् । प्रधानमन्त्री भट्टराई अख्तियारमा आफ्नो पार्टी समर्थक सचिव गणेशराज जोशीलाई लगेर सेटिङ मिलाएका छन् ।
झाले उमेर सच्याउन निजामती किताबखानामा आफूले २०६३ सालमा किर्ते गरी दुई वर्ष उमेर घटाई सर्लाहीबाट लिएको दोस्रो नागरिकता प्रमाणपत्रको छायाकपी बुझाइसकेका छन् । मधेस आन्दोलनपछि झाले आङ्खनो पुरानो नागरिकता छ“दाछ“दै उमेर सच्याई सर्लाहीबाट दोस्रोपटक नागरिकताको प्रमाण्ँपत्र लिएका छन् । पछिल्लो नागरिकता प्रमाण्ँपत्रमा उनले आङ्खनो उमेर ठ्याक्कै दुई वर्È घटाएर जन्ममिति २०१७ साल पुस २६ (सन् १९६१ जनवरी १०) कायम गराएका छन् । मधेस आन्दोलनका क्रममा सर्लाहीमा नागरिकताका सबै लगत जलेका थिए, सोही मौकाको फाइदा उठाई झाले आफू पर्साको प्रमुख जिल्ला अधिकारी हु“दा झूटो विवरण्ँ भरी सर्लाहीबाट नागरिकता लिएका हुन् ।
राजपत्र अनंकित प्रथम श्रेण्ँीको सर्वेÔक पदमा २०४४ सालमा स्थायी नियुक्तिपछि झा आफैंले हस्ताÔर गरी निजामती किताबखानामा बुझाएको सिटरोल र नागरिकता प्रमाण्ँपत्रको प्रतिलिपिमा जन्ममिति २०१५ साल पुस २६ (सन् १९५९ जनवरी १०) उल्लेख छ । उनको कर्मचारी संकेत नं. ११२२६९ र नागरिकता नं. ०६३६००६८, जिल्ला सर्लाही हो । तर, ०४४ सालमा किताबखानामा बुझाएको नागरिकताको कपी अहिले झाले गायब पार्न लगाइसकेका छन् ।







No comments:

Post a Comment