Friday, March 8, 2013

क्लबद्वारा वन विभागको जग्गा कर्मचारी युनियनलाई दिएकामा विरोध

काठमाडौं, २५ माघ– राजधानीको थापाथली कुरियागाउ“स्थित कुमारी क्लब र मन्दिर संरक्षण समितिले बासिन्दाले लिच्छविकालमा पोखरी र कुमारी मन्दिर रहेको बबरमहलस्थित वन विभागपछाडिको जमिन कर्मचारी संगठनहरूलाई कार्यालय भवन बनाउन भोगाधिकार दिएकामा बिहीबार विरोध जनाएका छन् ।
कुमारी मन्दिर संरक्षण समिति र कुमारी क्लबका पदाधिकारीले डोजर लगेर बिहीबार पोखरी र मन्दिरको जीर्णोद्धारका लागि कर्मचारी संगठनलाई कार्यालय भवन बनाउन दिइएको जग्गा सम्याउने कार्य सुरु गरेर विरोध जनाएका हुन् ।
सरकारले सरकारी जग्गामा जबर्जस्ती डोजर ल्याएर सम्याउने कार्य गरिरहेका व्यक्तिहरूलाई प्रहरी पठाएर क्लब र समितिका पदाधिकारीलाई प्रहरी पठाएर पक्राउ गरेको छ । प्रहरी परिचालनपछि सम्याउने कार्य रोकिएको छ ।
समिति र क्लबका पदाधिकारीले मन्दिर र पोखरीको जीर्णोद्धार गर्न तथा त्यहा“ ऐतिहासिक स्थल मासेर कर्मचारी युनियनलाई भवन बनाउन नदिन माग गर्दै सरकारलाई ज्ञापनपत्र दिने भएका छन् । उनीहरूले त्यहा“ कर्मचारी युनियनहरूलाई दिइएको जग्गाको भोगाधिकार फिर्ता गरी ऐतिहासिक पोखरी र मन्दिरलाई जीर्णोद्धार गर्न माग गरेका छन् ।
समिति र क्लबका पदाधिकारीले उक्त ठाउ“मा लिच्छविकालीन पोखरी, कुमारी मन्दिर र सिमसार रहेको दाबीसमेत गरेका छन् । ती ऐतिहासिक सम्पदालाई जीर्णोद्धार गरी स्थानीयबासीलाई कुमारी मन्दिरमा निर्वाध पूजाआजा गर्न पाउने व्यवस्था गर्नसमेत माग गरेका छन् ।
उक्त ठाउ“मा सरकारले कांग्रेस सम्बद्ध निजामती कर्मचारी युनियन र सत्तारूढ मधेसी मोर्चा निकट मधेसी कर्मचारी मञ्चलाई कार्यालय भवन बनाउन वन विभागको नाममा रहेको एक÷एक रोपनी जग्गाको भोगाधिकार दिएको छ । मञ्चले भवन निर्माण कार्य सुरु गरिसकेको छ भने युनियनले पार्टी सभापति सुशील कोइरालालाई लगेर कार्यालय भवन शिलान्याश गरी कम्पाउन्डवाल र गेट निर्माण गरिरहेको छ ।
युनियनका अध्यक्ष सुवोध देवकोटाले स्थानीयबासीले नभई कुरियागाउ“का केही व्यक्तिले क्लब बनाएर सरकारी जग्गा अतिक्रमण गर्न डोजर ल्याएर सम्याएको र रातारात कुमारी मन्दिर निर्माण गरेको दाबी गरेका छन् । उनले क्लबका नाममा जग्गा अतिक्रमण गर्ने चलखेल रोक्न आफूहरूले पहल जिल्ला प्रशासन कार्यालय, काठमाडौंलाई आग्रह गर्ने जानकारी दिए ।






No comments:

Post a Comment