Friday, March 1, 2013

प्रेस काउन्सिलको अध्यक्षमा कार्की

जापानद्वारा माथिल्लो सेतीलाई १४ अर्ब
काठमाडौं, १८ फागुन– सरकारले नेपाल प्रेस काउन्सिलको अध्यक्षमा वरिष्ठ अधिवक्ता बोर्णबहादुर कार्कीलाई नियुक्त गरेको छ । मन्त्रिपरिषदको बिहीबार बसेको बैठकले कार्कीलाई काउन्सिलको सम्मानित पदमा नियुक्त गरेको हो ।
यसअघि अध्यक्ष नियुक्त सर्वोच्चका पूर्वन्यायाधीश अवदेशकुमार यादवको नियुक्ति संविधानविपरीत भएकाले कार्कीलाई नियुक्ति गरिएको जानकारी मन्त्रिपरिषदले स्रोतले दिएको छ ।
जापानले १४० मेगावाट क्षमताको माथिल्लो सेती जलविद्युत् (तनहु“ हाइड्रो) जलाशययुक्त आयोजनाका लागि जापानी येन १५ अर्ब १३ करोड (करिब १४ अर्ब ७ करोड ७४ लाख रुपैया“) सहुलियतपूर्ण ऋण प्रदान गर्ने भएको छ ।
उक्त सहुलियतपूर्ण ऋणको ब्याज ०.१ प्रतिशत छ । मन्त्रिपरिषद् बैठकले बिहीबार उक्त सहयोग स्वीकार गर्ने निर्णय गरी सहयोगसम्बन्धी सम्झौतामा हस्ताक्षर गर्न अर्थ मन्त्रालयलाई अख्तियारी दिने निर्णय गरेको छ ।
यस्तै, मन्त्रिपरिषद्ले महालेखा परीक्षकको कार्यालयका कर्मचारीलाई कार्यसम्पादनमा आधारित प्रोत्साहन भत्ता दिने निर्णय गरेको सूचना तथा सञ्चारमन्त्री राजकिशोर यादवले जानकारी दिए । बैठकले राष्ट्रिय खेलकुद परिषद्को रिक्त सदस्यमा ऋषिबहादुर बस्नेत र नारायणप्रसाद पौडेललाई नियुक्त गर्ने निर्णय पनि गरेको छ ।

1 comment: