Thursday, March 21, 2013

चार निजामती कर्मचारी युनियन भोलिदेखि आन्दोलनमा

काठमाडौं, ८ चैत– निजामती कर्मचारीहरूले राष्ट्रपतिसमक्ष प्रस्तुत भएका निजामती सेवा ऐन र स्वास्थ्य सेवा ऐन संशोधन गर्ने दुई अध्यादेश तत्काल जारी गर्न सरकारसमक्ष माग गर्दै बिहीबारदेखि आन्दोलन गर्ने घोषणा गरेका छन् ।
माओवादी, कांग्रेस, एमाले र मधेसी मोर्चासम्बद्ध कर्मचारी युनियनहरू क्रमशः नेपाल राष्ट्रिय कर्मचारी संगठन, नेपाल निजामती कर्मचारी युनियन, नेपाल निजामती कर्मचारी युनियन र मधेसी कर्मचारी मञ्चले संयुक्त विज्ञप्ति जारी गरी बिहीबार आन्दोलनका कार्यक्रम घोषणा गरेका हुन् ।
स्वतः बढुवा भएका १३ हजारभन्दा बढी कर्मचारीलाई पदोन्नति भएकै पदमा समायोजन गर्ने र स्वास्थ्य सेवालाई समावेशी बनाउन निवर्तमान सरकारले निजामती सेवा ऐन र स्वास्थ्य सेवा ऐन संशोधन गर्न राष्ट्रपतिसमक्ष दुई अध्यादेश जारी गर्न सिफारिस गरेको छ । राष्ट्रपतिबाट ती अध्यादेश लामो समयसम्म जारी भएका छैनन् ।
ती चार कर्मचारी युनियनले मुख्यसचिव लीलामणि पौडेलमार्फत् ती अध्यादेश तत्काल जारी गर्न बिहीबार सरकारलाई तीनदिने अल्टिमेटमसहित ज्ञापनपत्र दिई आन्दोलनका कार्यक्रम घोषणा गरेका हुन् ।
ती चार युनियनले देशभर चैत ९ मा विरोधसभा गर्ने, ११ गतेदेखि कालोपट्टि बा“धी काम गर्ने, १८ गते १ घन्टा कलम बन्द गर्ने र कलम बन्दको समय दिनदिनै बढाएर २४ गते पूरै समय कमल बन्द गरी काम ठप्प पार्नेलगायतका आन्दोलनका कार्यक्रम घोषणा गरेका छन् ।

No comments:

Post a Comment