Friday, March 15, 2013

जाइकाद्वारा माथिल्लो सेतीलाई सवा १४ अर्ब सहयोग

काठमाडौं, ३० फागुन– जापानी अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका) ले नेपाल सरकारसित माथिल्लो सेती जलाशययुक्त जलविद्युत आयोजना निर्माणका लागि बुधबार १५ अर्ब १३ करोड ७ लाख जापानी येन (करिब १४ अर्ब १६ करोड ८० लाख रुपैया“) सहुलियतपूर्ण ऋण सहयोग दिने सम्झौता गरेको छ । सम्झौताअनुसार जापानले ० दशमलव १ प्रतिशत ब्याजमा उक्त सहयोग दिनेछ ।
सिंहदरबारमा बुधबार आयोजित कार्यक्रममा अर्थमन्त्रालयको वैदेशिक सहायता महाशाखा प्रमुख मधु मरासिनी र जाइका दक्षिण एसिया विभागका महानिर्देशक मासाताका नाकाहाराले उक्त सहयोगसम्बन्धी सम्झौतामा हस्ताक्षर गरेका छन ।
विद्युत प्राधिकरणले तनहु“ हाइड्रो पावर लिमिटेड स्थापना गरी तनहु“को दमौली नजिक १४० मेगावाटको माथिल्लो सेती जलाशययुक्त आयोजना निर्माण गर्न विस्तृत इन्जिनियरिङ अध्ययन कार्य अन्तिम चरणमा पु¥याएको छ । सन २०२० भित्र सम्पन्न गर्ने लक्ष्य राखिएको उक्त आयोजनाको विकासले विद्युत उत्पादनमा वृद्धि भई नेपालको अर्थतन्त्र र आजनतताको जीवनस्तर सुधारमा योगदान पु¥याउने आशा राखिएको गरिएको छ ।
उक्त आयोजनामा एसियाली विकास बैंक, युरोपियन इन्भेस्टमेन्ट र अबुधावी फन्डले समेत सहयोग गर्ने भएका छन् । उक्त आयोजनामा सहयोग गर्नेमा जाइका सबभन्दा ठूलो दाता हो । जापानले ४० वर्षमा ऋण भुक्तान गर्ने गरी उक्त सहयोग दिन लागेको हो ।
बा“की अरू दातासित समेत छिट्टै सहयोग सम्झौता हुने र त्यसपछि आयोजना निर्माणका लागि ठेक्का प्रक्रिया अघि बढाइने जानकारी तनहु“ हाइड्रो पावर लिमिटेडका एक अधिकारीले दिएका छन ।



No comments:

Post a Comment