Friday, March 29, 2013

मन्त्री झाद्वारा दर्जनबढी सहसचिवको सरुवा

काठमाडौं, १५ चैत– ऊर्जामन्त्री उमाकान्त झाले ऊर्जा र सिंचाइ मन्त्रालय तथा जल तथा ऊर्जा आयोगका दर्जनबढी सहसचिवको सरुवा र पदस्थापन गरेका छन् । झाले ऊर्जा, तथा सिंचाइ मन्त्रालय र आयोगका सचिवहरू क्रमशः हरिराम कोइराला, प्रतापकुमार पाठक र विश्वप्रकाश पण्डितस“ग परामर्श गरी सहसचिवहरूको सरुवा र पदस्थापनको निर्णय गरेको जानकारी स्रोतले दिएका छन् ।
ऊर्जाका सहसचिवहरू सुनिलबहादुर मल्ललाई मन्त्रालयको नीति महाशाखा प्रमुखबाट जल तथा शक्ति आयोगमा, वातावरण महाशाखा प्रमुख मोतीबहादुर कु“वरलाई विद्युत् विकास विभागमा सरुवा गरिएको छ । कु“वरलाई पञ्चेश्वर बहुउद्धेश्यीय जलविद्युत् आयोजनाको कार्यकारी निर्देशकको समेत जिम्मेवारी दिइएको छ ।
पञ्चेश्वर आयोजना प्रमुख केशवध्वज अधिकारीलाई ऊर्जा मन्त्रालयको नीति महाशाखा प्रमुखमा सरुवा गरिएको छ । नया“ सहसचिवद्वय प्रवीण अर्याल र समिर शाक्यलाई विद्युत् विकास विभागमा पदस्थापना गरिएको छ । अर्याललाई सप्तकोसी बहुउद्धेश्यीय आयोजनाको कार्यकारी निर्देशकको जिम्मेवारीसमेत दिइएको छ ।
जल तथा शक्ति आयोगका सहसचिव सञ्जय शर्मालाई विद्युत् विकास विभागको नायव महानिर्देशकमा सरुवा गरिएको छ । उनलाई विभागको निजीकरण महाशाखा प्रमुखको जिम्मेवारी दिएएको छ । विभागका नायव महानिर्देशक श्यामसुन्दर श्रेष्ठलाई निजीकरण महाशाखाबाट निरीक्षण महाशाखामा सरुवा गरिएको छ । सिंचाइ मन्त्रालयमा छ नया“ सहसचिवलाई विभिन्न रिक्त पदमा पदस्थापन गरिएको छ ।

No comments:

Post a Comment