Tuesday, March 19, 2013

मन्त्रिपरिषदद्वारा संवैधानिक परिषदलाई पूर्णता दिने गृहकार्य

काठमाडौं, ६ चैत– निर्वाचन आयोगसहितका संवैधानिक निकायहरूमा रिक्त पदाधिकारी नियुक्ति गर्न सरकारले संवेधानिक परिषदलाई पूर्णता दिने गृहकार्य सुरु गरेको छ । अन्तरिम चुनावी मन्त्रिपरिषदको मंगलबार बसेको बैठकपछि सूचना तथा सञ्चारमन्त्री माधव पौडेलले सरकारले परिषदलाई पूर्णता दिन गृहकार्य सुरु गरेको जानकारी दिएका हुन्
उनले मन्त्रिपरिषदका अध्यक्ष खिलराज रेग्मीले तीन मन्त्रीलाई सदस्य तोकिी परिषदलाई पूर्णता दिएपछि निर्वाचन आयोगमा तत्काल प्रमुख आयुक्त र आयुक्त नियुक्त गरिने र आयोगका पदाधिकारीसित परामर्श गरी चुनावको तिथि तोकिने जानकारी दिए ।
सरकारको प्रवक्तामा पौडेल
मन्त्रिपरिषदले सूचना तथा सञ्चारमन्त्री पौडेललाई सरकारको प्रवक्ता तोकेको छ । सूचनामन्त्री सरकारको प्रवक्ता हुने परम्पराअनुसार आफूलाई प्रवक्ता तोकिएको जानकारी पौडेलले दिए ।
सरकारी निर्णय २४ घन्टामै वेबसाइटमा
सरकारले सबै मन्त्रालयलाई आफूले गरेका निर्णय र कामकारबाही २४ घन्टाभित्रै आ–आफ्ना वेबसभाइटमा राखी सार्वजनिक गर्न निर्देशन दिएको छ । मन्त्रिपरिषद बैठकले सबै मन्त्रालयबाट सम्पादित कामकारबाही र निर्णयबारेमा सर्वसाधारणलाई तत्काल सुसूचित गर्न २४ घन्टाभित्रै वेबसाइटमा राखी सार्वजनिक गर्न निर्देशन दिएको जानकारी पौडेलले दिए ।
उनका अनुसार बैठकले सरकारका कामकारबाही र निर्णयबारे समेत आमजनतालाई तत्काल सुसूचित गर्न ‘मिट द प्रेस’ नियमित रूपमा गर्ने निर्णयसमेत गरेको छ ।
अध्यक्ष रेग्मीद्वारा निर्देशन
मन्त्रिपरिषदका अध्यक्ष रेग्मीले सबै मन्त्री र सचिवहरूलाई संधिानसभा चुनावलाई केन्द्रबिन्दु बनाएर काम गर्न, चालु विकास आयोजनाहरू समयमै सम्पन्न गर्न, अनियमितता रोक्न, सेवाग्राहीका काम छिटोछरितो ढंगले गर्न÷गराउन, आचारसंहिता पालना गर्न कानुनीबाहेकका अरू सुविधा नलिन निर्देशन दिएको जानकारी पौडेलले दिए ।

No comments:

Post a Comment