Saturday, March 30, 2013

सेना र सशस्त्रमा ३२ अधिकारीको बढुवा

गौतम प्रेस सल्लाहकार नियुक्त
काठमाडौं– सरकारले नेपाली सेनाका दुई सहायक रथी (ब्रिगेडियर जनरल) लाई उपरथी (मेजर जनरल) मा र ९ महासेनानीलाई सहायक रथी र १६ जना प्रमुख सेनानी (लेफ्टिनेन्ट कर्णेल) लाई महासेनानी (कर्णेल) मा पदोन्नति गरेको जानकारी सरकारका प्रवक्ता एवं सूचना तथा सञ्चारमन्त्री माधव पौडेलले जानकारी दिए । सेनाको नया“ नियमावलीको फास्ट ट्रयाक बढुवाको व्यवस्थाअनुसार मन्त्रिपरिषदले रक्षा मन्त्रालयमार्फत् जंगी अड्डाको सिफारिसमा उनीहरूलाई बढुवा गरिएको जानकारीसमेत पौडेलले दिए ।
मन्त्रिपरिषदको बैठकले सहायक रथीद्वय विनोद बस्नेत र सुन्दर पुडासैनीलाई उपरथीमा बढुवा गरेको छ । महासेनानीहरू गंगाबहादुर गुरुङ, अश्मिनकुमार थापा, रमेशराज महत, प्रकाशकुमार केसी, कर्मेन्द्रकुमार  लिम्बु, शिवराम खरेल, निरञ्जन कार्की, ईश्वर हमाल र राजेन्द्र कार्कीलाई सहायक रथीमा बढुवा गरिएको छ ।
प्रमुख सेनानीबाट महासेनानीमा बढुवा भएकामा सहदेव खड्का, हिरालाल जोशी, पंकज कार्की, प्रयोग जबरा, योगराज शर्मा, राम राणा, लवकुमार रायमाझी, अर्जुन श्रेष्ठ, सुरेन्द्रसिंह रावल, प्रेमध्वज अधिकारी, दीपककुमार बानिया“, शंकरबहादुर पण्डित, होमनाथ दवाडी, रामकृष्ण थापा, भीम शाह र हेमजंग थापा छन् ।
पा“च डीआईजीमा बढुवा
सरकारले सशस्त्र प्रहरीका पा“च वरिष्ठ प्रहरी उपरिक्षक (एसएसपी) लाई नायव महानिरीक्षकमा बढुवा गरेको जानकारी सरकारका प्रवक्ता सूचना तथा सञ्चार माधव पौडेलले जानकारी दिए । डीआईजीमा बढुवा भएकामा जानकीराज भट्टराई, निराकारम शाह, सुवोध अधिकारी, षडानन्द चौधरी, नरेन्द्रकुमार सिंह छन् ।
गौतम प्रेस सल्लाहकार नियुक्त
सरकारले युवा पत्रकार बिमल गौतमलाई अन्तरिम चुनावी मन्त्रिपरिषदका अध्यक्ष खिलराज रेग्मीको प्रेस सल्लाहकार नियुक्त गरेको छ । मन्त्रिपरिषदको बैठकले गौतमलाई राज्यमन्त्रीको सरहको तलबसुविधा पाउने गरी सल्लाहकार नियुक्त गरेको जानकारी प्रधानमन्त्री कार्यालय स्रोतले दिए ।
गौतम बीबीसी नेपाली सेवामा संवाददाताका रूपमा कार्यरत थिए । त्यसअघि उनले राजधानी, कान्तिपुर टिभी, कान्तिपुर र रिपब्लिका दैनिकमा समेत कार्य गरेका थिए ।

No comments:

Post a Comment