Wednesday, October 31, 2018

अस्थायी कर्मचारीद्वारा सिंहदरबारमा धर्ना

स्वतः स्थायी गर्न माग
काठमाडौं, १३ कात्तिक– विभिन्न सरकारी निकायमा कार्यरत अस्थायी, करार तथा ज्यालादारी कर्मचारीहरूले आफूहरूलाई स्वतः स्थायी गर्न माग गर्दै मंगलबार सिंहदरबार परिसरमा विरोध प्रदर्शन गरेका छन् । संघीयताको कार्यान्वयनस“गै खारेजी र दरबन्दी कटौतीमा परेका मन्त्रालय, विभाग, आयोग, सचिवालय र जिल्ला कार्यालयहरूमा कार्यरत ती अस्थायी कर्मचारीले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय अगाडि दिनभर प्रदर्शन गरेका थिए ।
अखिल नेपाल सरकारी अस्थायी, करार तथा ज्यालादारी कर्मचारी श्रमिक संघले बुधबारसमेत प्रदर्शन जारी राख्ने उल्लेख गर्दै माग सुनुवाइ नभए थप आन्दोलन गर्ने चेतावनी दिएको छ । करार कर्मचारी व्यवस्थापन कार्यदलको सुझावमा मन्त्रिपरिषदले गत भदौ २ गते समायोजनमा नपरेका अस्थायी, ज्यालादारी वा करार कर्मचारीलाई तीन महिना बराबरको थप पारिश्रमिक दिएर बिदाई गर्ने निर्णय गरेको थियो ।
अस्थायी कर्मचारीहरू भने उक्त निर्णयको विरोध गर्दै आफूहरूलाई स्थायी गर्नुपर्ने मागसहित विरोधमा उत्रिएका हुन् । संघले सरकारी कार्यालय, संघसंस्था र अर्धसरकारी निकायमा २ सय ४० दिन काम गरिसकेका अस्थायी, करार, ज्यालादारी कर्मचारीलाई एकपटकका लागि स्वतः स्थायी गर्नुपर्नेलगायतका ६ बु“दे माग राखेको छ ।

No comments:

Post a Comment