Wednesday, April 17, 2019

न्यायाधीश सिफारिसविरुद्ध पाँच उजुरी

काठमाडौं, २ वैसाख– सर्वाेच्च अदालतको न्यायाधीश नियुक्तिका लागि सिफारिस भएका ५ जनाविरुद्ध संघीय संसदको सुनुवाइ समितिमा पाँचवटा उजुरी परेका छन् ।
न्यायाधीशमा सिफारिस प्रकाश ढुंगानाविरुद्ध दुई र हरि फुयालविरुद्ध एउटा उजुरी परेको छ । न्यायाधीश नियुक्ति प्रक्रियामाथि नै प्रश्न उठाउ“दै थप दुई उजुरी परेका छन् ।
चैत १८ मा बसेको न्यायपरिषद् बैठकले सर्वोच्चको न्यायाधीश नियुक्त गर्न हरि फुयाल, कुमार रेग्मी, प्रकाश ढुंगाना, सुष्मलता माथेमा र मनोजकुमार शर्माको नाम सिफारिस गरेको छ । समितिले पा“चै जनाविरुद्ध चैत २१ मा सार्वजनिक सूचना जारी गरी उजुरी आहवान गरेको थियो । उजुरीमाथि सुनुवाइ समितिको मंगलबार बस्ने बैठकमा छलफल हुनेछ ।
बैठकमा प्रमुख निर्वाचन आयुक्तमा सिफारिस दिनेशकुमार थपलियाविरुद्ध परेको उजुरीमाथि समेत छलफल हुने भएको छ । थपलियाविरुद्ध समितिमा ६ वटा उजुरी परेका छन् । समावेशी आयोगको सदस्यमा सिफारिस विष्णुमाया ओझाविरुद्ध भने उजुरी परेको छैन ।



No comments:

Post a Comment