Thursday, April 4, 2019

५ जना घुससहित पक्राउ, दुई जनाविरुद्ध मुद्दा

काठमाडौं, १९ चैत– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले शुक्रबार ५ कर्मचारीलाई घुससहित पक्राउ गरेको छ भने दुई नक्कली प्रमाणपत्रधारी कर्मचारीविरुद्ध शुक्रबार विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ । छानबिनका क्रममा तनहुँको त्रिभुवन प्रावि जसपुरकी प्रधानाध्यापक सुशीला गुरुङ र राष्ट्रिय अनुसन्धान विभागकी अनुसन्धान अधिकृत विमला खडकाले नक्कली शैक्षिक प्रमाणपत्रका आधारमा सेवामा रहेको पाइएकाले उनीहरूविरुद्ध मुद्दा दायर गरिएको अख्तियारले जनाएको छ ।
डिभिजन वन कार्यालय, बाराका प्रमुख शिवशंकर ठाकुर, सहायक वन अधिकृत गौरीशंकरप्रसाद केशरी, कार्यालय सहयोगी रामचन्द्र अधिकारी ९० हजार, सव डिभिजन वन कार्यालय, लाटीझोडा, मोरङका सहायक वन अधिकृत सलाउदिन अन्सारी ३५ हजार र राष्ट्रिय वाणिज्य बैंक शाखा कार्यालय, बर्दघाट, नवलपरासीका कनिष्ट सहायक अन्चल सुनार १० हजार रुपैयाँ घुससहित पक्राउ परेको अख्तियारले जनाएको छ । मुद्दा दायर भएका दुवै जना सेवाबाट निलम्बित भएका छन् भने घुससहित पक्राउ परेका ५ जनालाई हिरासतमा राखी छानबिन भइरहेको अख्तियारले जनाएको छ ।


No comments:

Post a Comment