Monday, April 1, 2019

तीन नक्कली प्रमाणधारीविरुद्ध मुद्दा, एक जना घुससहित पक्राउ

काठमाडौं, १६ चैत– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नक्कली प्रमाणपत्रधारी सहप्रशासकसहित तीन जनाविरुद्ध बिहीबार विशेष अदालताम भ्रष्टाचार मुद्दा दायर गरेको छ । छानबिनका क्रममा त्रिभुवन विश्वविद्यालयको व्यावहारिक विज्ञान तथा प्रविधि अनुसन्धान केन्द्रकी सहप्रशासक शारदाकुमारी पौडेल, नेपाल प्रहरीका प्रहरी नायव निरीक्षकद्वय खेमराज कठायत र सुरेशकुमार गुरुङको शैक्षिक प्रमाणपत्र नक्कली रहेको पाइएकाले उनीहरूविरुद्ध मुद्दा दायर गरिएको अख्तियारले जनाएको छ ।
मुद्दा दायर भएस“गै तीनै जना सेवाबाट निलम्बित भएका छन् । यसैबीच अख्तियारले ललितपुर महानगरका अमिन वीरेन्द्र चन्दलाई घुस रकमसहित पक्राउ गरेको छ ।
अख्तियारको टोलीले महानगरको नक्सा शाखामा कार्यरत चन्दलाई जग्गाको नापजा“च गरी क्षेत्रफल सिफारिस गर्न सेवाग्राहीस“ग लिएको २० हजार रुपैयाँ घुससहित पक्राउ गरेको हो । अख्तियारले चन्दलाई हिरासतमा राखी अनुसन्धान अघि बढाएको छ ।

No comments:

Post a Comment