Friday, April 5, 2019

अत्यावश्यक सेवामा हडताल गर्न प्रतिबन्ध

काठमाडौं, २१ चैत– सरकारले १३ प्रकृतिका सेवालाई ‘अत्यावश्यक सेवा’ मा राखी बन्द र हडताल गर्न निषेध गरेको छ । मन्त्रिपरिषद् बैठकले सार्वजनिक हितका लागि अत्यावश्यक सेवामा बन्द, हडताल गर्न निषेध गर्ने निर्णय गरेको हो ।
सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बा“स्कोटाका अनुसार सरकारले हरेक ६÷६ महिनामा हडताल निषेधसम्बन्धी व्यवस्था पुनरावलोकन गरी नेपाल राजपत्रमा प्रकाशित गर्ने निर्णय गरेको छ । राजपत्रमा सूचना प्रकाशित भएपछि अत्यावश्यक सेवामा हडताल निषेधको व्यवस्था लागू हुनेछ ।
सरकारले डा“क, तार वा टेलिफोन सेवा, जल, स्थल वा हवाई मार्गबाट यात्रु वा मालसामान ओसारपसार गर्ने यातायात सेवा, हवाई अड्डा वा हवाईजहाजको छेकवार, सञ्चालन वा मर्मतस“ग सम्बन्धित सेवा र रेलवे स्टेसनमा बन्द, हडताल गर्न निषेध गरिएको छ । यसपटक अत्यावश्यक सेवामा पुनरावलोकन गरी रेल्वे र जलमार्ग थपिएको हो ।
हडताल निषेध गरिएको क्षेत्रमा प्रिन्ट वा सरकारी छापाखानासम्बन्धी सेवा, हातहतियार खरखजाना वा अन्य कुनै सैनिक सरसामानको उत्पादन गर्ने, थन्क्याउने र वितरण गर्ने कामस“ग सम्बन्धित सेवा, सञ्चार सेवा, आन्तरिक सुरक्षा कार्यस“ग सम्बन्धित सेवा, खानेपानी सञ्चालन तथा वितरण सेवा, दैनिक उपभोग्य वस्तुहरू, खाद्यान्न, दाल, चामल, नुन तेल, पैठारी ढुवानी, भण्डारण तथा वितरणसम्बन्धी सेवा छन् ।
त्यसैगरी पर्यटन, आवास, मोटेल, होटल, रेस्टुराँ र रिसोर्टसम्बन्धी सेवा, पेट्रोलियम पदार्थ (एलपी ग्याससमेत) को पैठारी, ढुवानी, भण्डारण तथा वितरणसम्बन्धी सेवा, एम्बुलेन्स सेवा, अस्पताल, स्वास्थ्य केन्द्र र औषधि निर्माण तथा बिक्री–वितरणसम्बन्धी सेवा, विद्युत् सेवा, फोहोरमैलाको संकलन, ढुवानी, प्रशोधन, विसर्जन, स्थल निर्माण, पूर्वाधार निर्माण र संकलन स्थल एवं व्यवस्थापन क्षेत्रस“ग सम्बन्धित सेवा, बैंकिङ सेवामा हडताल गर्न निषेध गरिएको छ ।

No comments:

Post a Comment