Wednesday, April 10, 2019

अधिकारीद्वारा आयोगमा बस्न अस्वीकार

काठमाडौं, २६ चैत– प्रदेश ३ सरकारको नीति तथा योजना आयोगको सदस्यमा नियुक्त महिला अधिकारकर्मी रेणु अधिकारीले पद अस्वीकार गरेकी छन् । अधिकारीले मंगलबार सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै पद अस्वीकार गरेको उल्लेख गरेकी हुन् ।
गत साता प्रदेश ३ को मन्त्रिपरिषद्ले अधिकारीलाई नीति तथा योजना आयोगको सदस्यमा नियुक्त गरेको थियो ।
अधिकारकर्मी अधिकारीले आफू अरू काममा व्यस्त रहनुपर्ने भएकाले आयोग सदस्यको जिम्मेवारी पूरा गर्न नसक्ने जानकारी प्रदेश सरकारलाई गराएकी छन् । ‘मैले मेरो आफ्नै कारणले पद लिन नसक्ने प्रदेश ३ सरकारलाई जानकारी गराउन बाध्य भएकी छु,’ फेसबुकमा उनले लेखेकी छन्, ‘मेराबारे धेरै टीकाटिप्पणी हुन्छन् होला तर त्यसले मलाई त्यति असर पर्दैन । कृपया मलाई बुझ्ने कोसिस गरी दिनु होला र मलाई मैले पद लिन नसकेकामा माफ गरिदिनुहोला ।’ ३ नं. सरकारले अधिकारी र रामचन्द्र ढकाललाई नीति तथा योजना आयोगको सदस्यमा नियुक्त गरेको थियो ।

No comments:

Post a Comment