Saturday, April 13, 2019

६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौं, २९ चैत– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अनियमितता गरेको अभियोगमा शुक्रबार ६ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ ।
जिल्ला वन कार्यालय बर्दियाका तत्कालीन प्रमुख वन अधिकृत भैरवप्रसाद घिमिरे र मयूरबस्ती इलाका वन कार्यालयका फरेस्टर कृष्णप्रसाद घिमिरेले कालिका–१ बोकटियास्थित शिवशक्ति सामुदायिक वन उपभोक्ता समितिको १० हेक्टरमा वृक्षरोपण गर्न लाखौं रुपैयाँ पेस्की लिई हिनामिना गरेको अख्तियारले जनाएको छ । अभियोगपत्रमा उनीहरूविरुद्ध जनही २ लाख ६ हजार रुपैयाँ बिगो कायम गरी जरिवाना र जेल सजाय मागदाबी गरिएको छ ।
अख्तियारले सब–डिभिजन वन कार्यालय, धनगढीका सहायक वन अधिकृत भरतप्रसाद साह र बिचौलिया पुष्करदेव जोशीविरुद्धसमेत भ्रष्टाचार मुद्दा दायर गरेको छ । उनीहरूले वन कार्यालयमा अनुसन्धान भइरहेको मुद्दाको मिसिल मिलाइदिने भन्दै सेवाग्राहीसँग ३० हजार रुपैयाँ घूस लिएको अभियोगपत्रमा उल्लेख छ । 

यसैगरी धनुषाको राइजोबियम तथा घाँसेबारी बीउबिजन प्रयोगशाला, जनकपुरधामका वरिष्ठ पशु विकास अधिकृत रामगुलाम यादव र पशु सेवा प्राविधिक जागेश्वर चौधरीले काम सम्पन्न भइसकेको निर्माण कार्यको भुक्तानी दिने क्रममा सेवाग्राहीसँग ४० हजार घूस लिएको अख्तियारले जनाएको छ । उनीहरूलाई जरिवाना र जेलसजाय मागदाबी गरिएको छ । मुद्दा दर्तास“गै पा“चै कर्मचारी सेवाबाट निलम्बित भएका छन् ।

No comments:

Post a Comment