Saturday, April 27, 2019

यातायात प्रमुखसहित चार जनाविरुद्ध मुद्दा

काठमाडौं, १३ वैसाख– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले यातायात व्यवस्था कार्यालयका प्रमुख सीताराम खनालसहित तीन जनाविरुद्ध बिहीबार विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ । चालक अनुमतिपत्रका लागि सञ्चालित लिखित तथा प्रयोगात्मक परीक्षामा अनियमितता गरी परिणाम फेरबदल गरेकाले खनालसहित तीन जनाविरुद्ध मुद्दा दायर गरिएको अख्तियारले जनाएको छ ।
मुद्दा दायर गरिएकामा कार्यालय प्रमुख एवं परीक्षा समितिका अध्यक्ष खनाल, मेकानिकल इन्जिनियर योगेन्द्रप्रसाद गुप्ता, जिल्ला ट्राफिक कार्यालयका प्रहरी निरीक्षक बाबुकाजी गिरी छन् ।
त्यसैगरी अख्तियारले सबडिभिजन वन कार्यालय लाटीझोडा मोरङका अधिकृत सल्लाहुदिन अन्सारीविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । दीपज्योति सामुदायिक वन उपभोक्ता समूह केराबारी मोरङको पुनरुत्पादन कटान सिफारिस गरिदिने क्रममा सेवाग्राहीसँग ३५ हजार रुपैयाँ घूस लिएको प्रमाणित भएकाले अन्सारीविरुद्ध मुद्दा दायर गरिएको अख्तियारले जनाएको छ । मुद्दा दायर भएस“गै चारै जना सेवाबाट निलम्बित भएका छन् ।

No comments:

Post a Comment