Saturday, April 27, 2019

दुई शिक्षकसहित तीनविरुद्ध मुद्दा

मुद्दा दायर भएसँगै तीनै जना पदबाट निलम्बित
काठमाडौं, १२ वैसाख– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दुई शिक्षकसहित तीन जनाविरुद्ध विशेष अदालतमा सोमबार भ्रष्टाचार मुद्दा दायर गरेको छ । नेपाल जनता प्रावि, नवलपरासीका प्रधानाध्यापक अर्जुनप्रसाद यादव र महावीर मावि ब्रह्मापुरी, कलैया, बाराका प्रा.वि. राहत शिक्षक कृति थापा खडकाविरुद्ध अख्तियारले मुद्दा दायर गरेको हो । उनीहरू नक्कली शैक्षिक प्रमाणपत्रका आधारमा सेवामा रहेको पुष्टि भएकाले मुद्दा दायर गरिएको अख्तियारले जनाएको छ ।
आन्तरिक राजस्व कार्यालय जगाती, भक्तपुरका नायब सुब्बा सविन सुवेदीविरुद्ध पनि मुद्दा दायर भएको छ । उनले स्वास्थ्यचौकी भवन निर्माण सम्पन्न भएपछि धरौटी रकम फिर्ता लिन कर समायोजन पत्र बनाउने प्रयोजनका लागि सेवाग्राहीसँग १५ हजार रुपैयाँ घूस लिएकाले मुद्दा दायर गरिएको अख्तियारले जनाएको छ । मुद्दा दायर भएसँगै तीनै जना पदबाट निलम्बित भएका छन् ।




No comments:

Post a Comment