Thursday, April 18, 2019

उत्तरगंगा ८२८ मेगावाट क्षमतामा बनाइने

पानी कता बगाउने विवाद टुंगियो
काठमाडौं, ४ वैसाख– उत्तरगंगा जलाशययुक्त आयोजना ८ सय २८ मेगावाट क्षमतामा बनाइने भएको छ । विद्युत् प्राधिकरणको सहायक कम्पनी उत्तरगंगा पावरले आयोजना ८ सय २८ मेगावाट क्षमतामा बनाउने गरी विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तयार गर्ने निर्णय गरेको छ ।
उत्तरगंगा पावर कम्पनी स्रोतले आयोजना निर्माण गर्न करिब पौने २ अर्ब रुपैया“ लाग्ने अनुमान गरिएको जानकारी दिएको छ । डीपीआर तयार भएपछि यसको वास्तविक लागत अनुमान आउनेछ ।
पूर्वसम्भाव्यता अध्ययनका क्रममा उत्तरगंगा ३ सय मेगावाट क्षमतामा बनाउन प्रस्ताव गरिएको थियो । स्रोतका अनुसार सम्भाव्यता अध्ययनले ८ सय २८ मेगावाट क्षमतामा बनाउ“दा आयोजना आकर्षक हुने प्रस्ताव गरेपछि कम्पनी त्यही निर्णयमा पुगेको हो ।
जलाशययुक्त आयोजना हिउ“द र सुक्खायाममा ५ देखि १२ घण्टा विद्युत् उत्पादन गर्ने गरी बनाइनेछ । यो आयोजनाबाट वर्षमा १ अर्ब २९ करोड ९० लाख युनिट बिजुली उत्पादन हुने सम्भाव्यता अध्ययन प्रतिवेदनमा उल्लेख छ ।
जलाशययुक्त आयोजनामध्ये थोरै बस्तीमात्र प्रभावित हुने र खेतीयोग्य जमिनसमेत कम पर्ने भएकाले यसलाई आकर्षक मानिएको छ । कम्पनी स्रोतका अनुसार आयोजनाका कारण २५० हेक्टर मात्रै खेतीयोग्य जमिन डुबानमा पर्नेछ भने ६ सय २५ घरपरिवारमात्रै विस्थापित हुनेछन् ।
पानी कालीगण्डकीमा खसालिने
उत्तरगंगा आयोजनाबाट विद्युत् उत्पादन भएपछि पानी कर्णालीतिर छाड्ने कि कालीगण्डकीतर्फ भन्ने विवादसमेत समाधान भएको छ । सत्तारूढ नेकपाका नेताहरूबीच उत्तरगंगाको पानी कर्णाली र कालीगण्डकी कता छाड्ने भन्ने विवाद थियो ।
पूर्वऊर्जामन्त्री जनार्दन शर्मासहितका नेकपाका कर्णाली प्रदेशका नेताहरू विद्युत् उत्पादनपछि निक्लिएको पानी कर्णालीतर्फ नै फर्काउनुपर्ने अडानमा थिए भने नेकपाका महासचिव विष्णु पौडेलललगायतका नेता उत्तरगंगाको पानी कालीगण्डकीतर्फ नै छाड्नुपर्ने अडानमा थिए ।
ऊर्जामन्त्री वर्षमान पुनको पहलमा नेकपाका नेताहरूबीच उत्तरगंगाबाट विद्युत् निकालेपछि पानी कालीगण्डकीको सहायक नदी निसी खोलामा खसाल्ने सहमति बनेको छ । सहमतिस“गै कम्पनीले कालीगण्डकीतर्फ पानी खसाल्ने गरी उत्तरगंगा आयोजना अघि बढाउने बाटो खुलेको छ ।
उत्तरगंगा पावर कम्पनीले परामर्शदाता छनोटका लागि आह्वान गरेको आशयपत्रमा कालीगण्डकीतर्फको निसी खोलामा पानी खसाल्ने गरी आयोजनाको डीपीआर तयार गर्ने उल्लेख छ । उत्तरगंगा भेरी कर्णालीको सहायक नदी हो ।
ऊर्जा मन्त्रालयले भेरी कर्णालीमा १२८ मेगावाटको डा“डागाउ“–खलंगा, ४४० मेगावाटको भेरी–१ चिनिया“ कम्पनी गेजुवालाई र ३०० मेगावाटको भेरी–४ आयोजनाको भेरी इनर्जीलाई सम्भाव्यता अध्ययनको लाइसेन्स दिएको छ । कालीगण्डकीमा पानी खसाल्ने गरी उत्तरगंगा आयोजना बनेपछि भेरी कर्णालीको पानीमा परिमाण र त्यहा“ बन्ने आयोजनाको विद्युत् उत्पादन क्षमतासमेत घट्नेछ । कति घट्छ भन्ने यकिन थप अध्ययनपछि मात्र हुने कम्पनी स्रोतले दिएको छ । उत्तरगंगाको पानी कालीगण्डकीमा थपिएपछि निर्माण भइसकेका र हुने क्रममा रहेका कालीगण्डकीतर्फका आयोजनाको विद्युत् उत्पादन क्षमता भने बढ्ने भएको छ ।
उत्तरगंगा आयोजना मुलुकको सबभन्दा बढी विद्युत् खपत हुने राजधानीबाट ३ सय ९८ किमि दूरीमा पर्छ । सम्भाव्यता अध्ययन प्रतिवेदनअनुसार उत्तरगंगा आयोजनाको बा“ध बाग्लुङको गावागाउ“मा बनाइनेछ । पावरहाउस–१ हिलेचौर र पावरहाउस–२ सम्जाखर्कमा बनाउने प्रस्ताव गरिएको छ । आयोजना बनाउन मध्य पहाडी लोकमार्गबाट ४८ किलोमिटर नया“ सडक बनाउनुपर्ने र २७ किलोमिटर खण्ड स्तरोन्नति गर्नुपर्नेसमेत अध्ययन प्रतिवेदनमा छ । कम्पनीले आयोजनाको वातावरणीय प्रभाव मूल्यांकन (ईआईए) प्रतिवेदन तयार गरी स्वीकृतिका लागि वन तथा वातावरण मन्त्रालयमा पेस गरिसकेको छ ।

No comments:

Post a Comment