Wednesday, April 10, 2019

९ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौं, २६ चैत– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नक्कली बैंक ग्यारेन्टी पेस गरी सडक स्तरोन्नतिको रकम भुक्तानी लिने ७ जनाविरुद्ध मंगलबार विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ ।
अख्तियारले भोजपुर जिल्ला प्राविधिक कार्यालयका तत्कालीन प्रमुख लालु गिरी, लेखापाल रामबहादुर दाहाल, कृषि विकास बैंकका तत्कालीन शाखा अधिकृत छविलाल ढकाल, एमके निर्माण सेवाका प्रबन्ध निर्देशक माधवप्रसाद खनाल, एमके जेभीका प्रतिनिधि रणधीर तुम्बा र देवजंग शाही, वाईपी कन्स्ट्रक्सनका राजु श्रेष्ठविरुद्ध मुद्दा दायर गरेको हो । उनीहरूले मिलेमतोमा नक्कली बिलभर्पाईका आधारमा रकम भुक्तानी लिएर १ करोड १० लाख ८० हजार रुपैया“ भ्रष्टाचार गरेको अख्तियारको अभियोगपत्रमा उल्लेख छ ।
जिल्ला प्राविधिक कार्यालय, भोजपुरले स्तरोन्नति कार्यक्रमअन्तर्गत भोजपुर–टक्सार–कोट–गगने–लेखर्क सडक स्तरोन्नति गर्न ठेक्का पाएका ठेकेदार कम्पनीका प्रतिनिधिहरूले कर्मचारीसितको मिलेमतोमा कामै नगरी भ्रष्टाचार गरेको अख्तियारको आरोपमा उल्लेख छ । मुद्दा दायर भएस“गै जिल्ला प्राविधिक प्रमुखसहित तीनै जना कर्मचारी निलम्बित भएका छन् ।
कर्मचारी र ठेकेदार कम्पनीका प्रतिनिधिहरूलाई जनही १ करोड १० लाख ८० हजार रुपैया“ बिगो कायम गरी जरिवाना र जेल सजाय गर्न मागदाबी गरेको छ ।
अख्तियारले ललितपुर महानगरपालिकाको कार्यालय, नक्सा शाखा, ललितपुरका अमिन वीरेन्द्रबहादुर चन्द र पोखरा महानगरपालिकाका नक्सा शाखामा कर्मचारी भीमराज शाहीविरुद्ध पनि भ्रष्टाचार मुद्दा दायर गरेको छ । स्थलगत नापजा“च गरी घर र बाटो सिफारिस गर्ने कामका लागि सेवाग्राहीस“ग २० हजार रुपैया“ घूस लिएको प्रमाणित भएकाले चन्दविरुद्ध मुद्दा दायर गरिएको अख्तियारले जनाएको छ । मुद्दा दायर भएस“गै चन्द निलम्बित भएका छन् । शाहीले घर नक्साको प्रतिलिपि उपलब्ध गराइदिने प्रयोजनका लागि सेवाग्राहीस“ग घूस रकम लिएको प्रमाणित भएकाले उनीविरुद्ध मुद्दा दायर गरिएको अख्तियारले जनाएको छ ।

No comments:

Post a Comment