Sunday, April 7, 2019

विदेशी मुद्रासहित व्यापारी पक्राउ

काठमाडौं, २३ चैत– त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ठूलो परिमाणमा अवैध विदेशी मुद्रासहित व्यापारी सुवास श्रेष्ठ पक्राउ परेका छन् । साढे ३६ लाख ६१ हजार रुपैया“ बराबरको अवैध विदेशी मुद्रा बोकेर थाइल्यान्ड जा“दै गरेका श्रेष्ठलाई शुक्रबार सा“झ सादा पोसाकका प्रहरीले नियन्त्रणमा लिएका हुन् । उनी विमानस्थलका क्याफे सञ्चालकसमेत हुन् ।
नेपाल प्रहरीको अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयले शनिबार विज्ञप्ति जारी गरी श्रेष्ठ पक्राउ परेको र हिरासतमा रहेको जनाएको छ । ‘बोर्डिङ गेट नम्बर ५ बाट पक्राउ परेका सुवास श्रेष्ठलाई आवश्यक कारबाहीका लागि आइतबार राजस्व अनुसन्धान विभाग हरिहरभवन पुल्चोक पठाइनेछ,’ विज्ञप्तिमा छ । प्रहरीले श्रेष्ठबाट थाई भाट २२ हजार १ सय ५०, युरो १३ सय ८०, अमेरिकी डलर १० हजार र चिनिया“ युआन ८० हजार बरामद गरेको छ ।
शुक्रबार अपराह्न पौने २ बजे थाई एयरको फ्लाइट नम्बर टीजी–३२० मार्फत श्रेष्ठ परिवारका चार सदस्यसहित थाइल्यान्ड जान लागेका थिए । उनले ठूलो परिणाममा अवैध विदेशी मुद्रा बोकेको सुराक पाएपछि विमानस्थलका सिभिल प्रहरीले उनलाई नियन्त्रणमा लिएका थिए । परिवारका सदस्यलाई भने शुक्रबारै छाडिएको प्रहरीले जनाएको छ ।

No comments:

Post a Comment