Tuesday, April 9, 2019

गरिबी निवारण कोषमा भ्रष्टाचार नहोस् : प्रधानमन्त्री

काठमाडौं, २४ चैत– प्रधानमन्त्री केपी शर्मा ओलीले भ्रष्टाचारको गन्ध कहीँ कतै आएको पाइएमा सैह्य नहुने चेतावनी गरिबी निवारण कोषका पदाधिकारीहरूलाई दिएका छन् ।
कोषको ७० औं संचालक समितिको बैठकलाई सम्बोधनका क्रममा प्रधानमन्त्री ओलीले यसअघिका पदाधिकारीमाथि अनियमिताको आरोपमा अख्तियारले भ्रष्टाचार मुद्दा दायर गरेकोतर्फ संकेत गर्दै त्यस्तो चेतावनी दिएका हुन् । उनले परिणाम देखिने गरी काम गर्न गरिबी निवारण कोषका पदाधिकारीलाई निर्देशन दिए ।
‘प्रधानमन्त्रीले हरेक संस्था परादर्शी ढंगले चल्नुपर्यो, भ्रष्टाचारका गन्ध आउनुभएन । परिणाम देखिने गरी काम गर्नुप¥यो भन्नु भएको छ’ बैठकमा सहभागी कोषका एक अधिकारीले भने । कोषका अध्यक्षसमेत रहेका प्रधानमन्त्री ओलीले गरिवी निवारणको क्षेत्रमा गरेका कामको मूल्यांकन गरेरमात्रै गरिवी निवारण कोषको लागि आगामी आर्थिक वर्षको बजेटको व्यवस्था गरिने  बताए ।
बैठकले गरिवी निवारण कोषको आर्थिक क्रियाकलापको अनुमगन गर्न प्रधानमन्त्री कार्यालयका सचिवको नेतृत्वमा ५ सदस्यीय समिति गठन गरेको छ । समितिलाई वैशाखभित्र प्रतिवेदन बुझाउने म्याद दिइएको छ ।

No comments:

Post a Comment