Saturday, April 27, 2019

मेभित्र तातोपानी नाका खुल्छ : परराष्ट्रमन्त्री

राष्ट्रपति भण्डारी बुधबार चीनको राजकीय भ्रमणमा
काठमाडौं, ११ वैसाख– परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले मे महिनाभित्रै तातोपानी नाका खुल्ने बताएका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीले बुधबारदेखि गर्न लागेको चीन भ्रमणबारे जानकारी दिन राजधानीमा सोमबार आयोजित कार्यक्रममा उनले तातोपानी नाका खुल्ने बताएका हुन् ।
‘चीन सरकारले आगामी मे महिनाभित्र तातोपानी नाका खोल्ने गरी त्यहाँको विकास निर्माणको कामलाई तीव्र गतिमा अघि बढाइरहेको छ,’ उनले भने । राष्ट्रपति भण्डारी बुधबार चीनको राजकीय भ्रमणमा जा“दै छिन् । राष्ट्रपति चीनको बेइजिङमा आयोजना हुने बेल्ट एन्ड रोड (बीआरआई) को दोस्रो सम्मेलनमा भाग लिन जा“दै छिन् ।
परराष्ट्रमन्त्री ज्ञवालीका अनुसार राष्ट्रपतिको भ्रमणका क्रममा २०१६ मा दुई मुलुकबीच गरिएको पारवहन सम्झौताको प्रोटोकलमा हस्ताक्षर हुने कार्यसूची तय भएको छ । भ्रमणमा केरुङ–काठमाडौं रेलमार्ग निर्माणको काम सुरु गर्नेबारे सहमति र प्राविधिक विश्वविद्यालय स्थापनाका लागि समझदारीको तयारी भएको उनले बताए । राष्ट्रपतिसँगै ज्ञवाली पनि चीन भ्रमणमा जाँदै छन् ।





No comments:

Post a Comment