Monday, April 1, 2019

गिरिजाप्रसाद कोइराला स्मृति पत्रकारिता पुरस्कार श्रेष्ठलाई

कान्तिपुरकर्मी मिश्र पुरस्कृत
काठमाडौं, १६ चैत– रिपोर्टर्स क्लब नेपालले यस वर्षको ‘गिरिजाप्रसाद कोइराला स्मृति पत्रकारिता पुरस्कार’ ‘नेपाल समाचारपत्र’ दैनिकका प्रधान सम्पादक एवं प्रकाशक पुष्करलाल श्रेष्ठलाई प्रदान गरेको छ । रिपोर्टर्स क्लबद्वारा आइतबार राजधानीमा आयोजित कार्यक्रममाप्रधानमन्त्री केपी ओलीले १ लाख रुपैयाँ राशिको उक्त पुरस्कार प्रदान गरे ।
प्रधानसम्पादक श्रेष्ठ अस्पतालमा उपचाररत रहेकाले पुरस्कार समाचारपत्र दैनिकका कार्यकारी सम्पादक दीपक रिजालले ग्रहण गरेका थिए । क्लबले ‘मदन भण्डारी स्मृति पत्रकारिता पुरस्कार’ ‘रिपब्लिका’ अंग्र्रेजी दैनिकका प्रधानसम्पादक सुवास घिमिरे र वरिष्ठ पत्रकार हरिप्रसाद जोशीलाई संयुक्त रूपमा प्रदान गरेो छ । उक्त पुरस्कारको राशि जनही ५०÷५० हजार रुपैयाँ छ ।
क्लबले २५ हजार रुपैयाँ राशिको ‘वीरेन्द्र साह स्मृति पत्रकारिता पुरस्कार’ ‘कान्तिपुर दैनिक’ का राजेश मिश्रलाई प्रदान गरेको छ ।  २५ हजार रुपैयाँ राशिको ‘कृष्णसेन इच्छुक स्मृति पत्रकारिता पुरस्कार’ क्रान्तिकारी पत्रकार संघका संस्थापक अध्यक्ष एवं प्रेस सेन्टरका अध्यक्ष महेश्वर दाहाललाई प्रदान गरिएको छ ।
‘शहीद जगतजंग शाह स्मृति पत्रकारिता पुरस्कार’ पत्रकार डिल्ली बसेल, ‘रिपोर्टर्स क्लब नेपाल उत्कृष्ट युवा पत्रकारिता पुरस्कार’ पत्रकार सन्तोष न्यौपाने, ‘क्रियाशील युवा पत्रकारिता पुरस्कार–२०७५’ ‘राजधानी’ दैनिकका समाचार सम्पादक ध्रुव लम्साल र ‘क्रियाशील महिला पत्रकारिता पुरस्कार’ पत्रकार उषाकिरण क“डेललाई प्रदान गरिएको छ ।



No comments:

Post a Comment