Wednesday, April 17, 2019

लेखा अधिकृत र शिक्षिकाविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौं, २ वैसाख– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले लेखा अधिकृत र शिक्षिकाविरुद्ध सोमबार विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ । मुद्दा दायर भएसँगै दुवै जना सेवाबाट निलम्बित भएका छन् ।
काठमाडौंको चन्द्रागिरि नगरपालिकाका लेखा अधिकृत प्रकाशचन्द्र भट्टराईले सडक मर्मतको रकम भुक्तानी गर्ने प्रयोजनका लागि सेवाग्राहीसँग २० हजार रुपैयाँ घूस लिएको पुष्टि भएकाले उनीविरुद्ध मुद्दा दायर गरिएको अख्तियारले जनाएको छ ।
प्राथमिक तहको अध्यापन अनुमतिपत्र नक्कली रहेको पुष्टि भएकाले धनुषाको जनता उच्च माध्यमिक विद्यालय, गिद्दा–बेलापट्टीकी शिक्षिका शर्मिलाकुमारी मण्डलविरुद्ध मुद्दा दायर गरिएको अख्तियारले जनाएको छ।



No comments:

Post a Comment