Friday, April 5, 2019

दुई पूर्वसहायक रथीलाई ‘सचेत’ गराइयो

काठमाडौंं, २२ चैत– सैनिक मुख्यालयले आफ्ना दुई पूर्वसहायक रथी धर्म बानियाँ र प्रेमसिंह बस्न्यातलाई सचेत गराएको छ । संविधानमा रहेको सुरक्षा परिषदको व्यवस्थाविपरीत प्रधानमन्त्री केपी शर्मा ओली एक्लैले सेना परिचालन गर्न सक्नेगरी अघि बढाइएको विधेयकको विरोध गरेको भन्दै जंगी अड्डाले उनीहरू दुवै जनालाई पत्र पठाई सचेत गराएको हो ।
संवैधानिक व्यवस्थाविपरीत सेना परिचालनसम्बन्धी विधयेक अघि बढाइएको विषयलाई लिएर बानियाँ र बस्न्यातले प्रधानमन्त्री ओली र रक्षामन्त्री ईश्वर पोखरेलको आलोचना गरेका थिए । सञ्चारमाध्यममा अनावश्यक टिप्पणी गरेको आरोपमा जंगी अड्डाले उनीहरूलाई शुक्रबार पत्र पठाएर सचेत गराएको जानकारी सैनिक स्रोतले दिएको छ । 

‘पूर्वसैनिक अधिकारीको मर्यादासमेत ख्याल नगरी बोलेकाले सचेत गराइएको हो,’ जंगी अड्डाका एक अधिकारीले भने, ‘सैनिक पदमा बहाल हु“दा लिएको शपथ बिर्सेर जथाभावी टिप्पणी गर्न त्यो लेभलको अधिकारीलाई सुहाउँदैन ।’

No comments:

Post a Comment