Saturday, April 27, 2019

सैनिक विद्यालयका तीन जना बर्खास्त

काठमाडौं, १२ वैसाख– नेपाली सेनाले बा“सबारीस्थित सैनिक विद्यालयका तीन जनालाई बर्खास्त गरेको छ । पदमुक्त गरिएकामा प्रधानाध्यापक, एक शिक्षक र एक कर्मचारी छन् । विद्यार्थी भर्नाका निमित्त सञ्चालन भएको लिखित प्रवेश परीक्षामा सहभागीलाई पास गराउन अमर्यादित भूमिका निर्वाह गरेको आरोपमा उनीहरूलाई पदमुक्त गरिएको हो ।
२०७६ को शैक्षिक सत्रमा १ कक्षामा भर्नाका निमित्त सञ्चालित लिखित परीक्षामा तीन जनाले परीक्षा प्रणालीको मर्म र भावनाविपरीत पदीय मर्यादा र आचरणसमेतलाई ख्याल नगरी उत्तीर्ण गराउने उद्देश्यले प्रत्यक्ष सहयोगलगायतको काम गरेको नेपाली सेनाको जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ । सेनाको विद्यालयको छवि धमिल्याउने काम गरेकाले प्रधानाध्यापक, शिक्षक र कर्मचारी गरी तीन जनालाई सोमबारदेखि लागू हुने गरी पदमुक्त गरिएको निर्देशनालयको विज्ञप्तिमा उल्लेख छ ।
नेपाली सेनाले बर्खास्त गरिएका तीन जनाको नाम भने सार्वजनिक गरेको छैन । सैनिक प्रवक्ता विज्ञानदेव पाण्डेले पदमुक्त तीनै जनाको नाम आफ्नो जानकारीमा नआएको दाबी गरे ।

No comments:

Post a Comment