Saturday, April 27, 2019

प्रहरी हस्तक्षेप आपत्तिजनक : मानव अधिकार आयोग

डीएसपी सिंहलाई कारबाही गर्न निर्देशन
काठमाडौं, ११ वैसाख– राष्ट्रिय मानव अधिकार आयोगले आफ्नो स्वतन्त्रता, स्वायत्तता र मर्यादामाथि नेपाल प्रहरीले ठाडो हस्तक्षेप गरेको भन्दै आपत्ति जनाएको छ । आयोग पदाधिकारीको सोमबार बसेको बैठकले आइतबार आफ्नो क्षेत्रीय कार्यालयमा प्रहरीले हस्तक्षेप गरेकामा रोष प्रकट गर्दै त्यसमा संलग्न अधिकृतलाई कारबाही गर्न प्रहरी प्रधान कार्यालयलाई निर्देशन दिएको छ ।
बा“के जिल्ला अदालतको आदेशबाट साधारण तारेखमा रिहा भएका नेत्रविक्रम चन्द नेतृत्वको नेकपाका कार्यकर्ता दानबहादुर फडेरा आफू पुनः पक्राउ पर्ने डरले आयोगको क्षेत्रीय कार्यालयमा पुगेका बेला प्रहरीले आइतबार राति घेराबन्दी गरेकामा आयोगले आपत्ति जनाएको हो ।
आयोगले सोमबार विज्ञप्ति जारी गरी प्रहरीले आफ्नो क्षेत्रीय कार्यालयलाई घेरा हाली आइतबार राति सुरक्षा गार्डलाई गेट खोल्न धम्की दिएको र आयोगको आकस्मिक बैठक बसिरहेका बेला कार्यालय प्रमुखलाई दबाब दिएर आपत्तिजनक कार्य गरेको भन्दै खेद प्रकट गरेको छ ।
विज्ञप्तिमा आयोगले फडेरालाई उनका परिवारलाई सकुशल जिम्मा लगाएपछि जानकारी गराउन बा“केका जिल्ला प्रशासन प्रमुखलाई निर्देशनसमेत दिएको छ । आफ्नो क्षेत्रीय कार्यालयमा हस्तक्षेप गर्ने बा“केका प्रहरी नायब उपरीक्षक (डीएसपी) रमेशबहादुर सिंहको कामकारबाही र व्यवहार सम्बन्धमा आवश्यक छानबिन गरी विभागीय कारबाही गर्न प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाललाई निर्देशनसमेत दिइएको आयोगले जनाएको छ । कारबाहीको जानकारी आयोगलाई गराउनसमेत प्रहरी प्रधान कार्यालयलाई निर्देशन दिइएको विज्ञप्तिमा उल्लेख छ ।
आयोग बैठकले फडेरा र उनका परिवार सदस्यलाई मानसिक यातना नदिन र आगामी दिनमा यस्ता घटना नदोहो¥याउन मातहतका निकायलाई सजग गराउनसमेत महानिरीक्षकलाई निर्देशन दिएको छ । विस्फोट गराएको आरोपमा पक्राउ परेका फडेरा आइतबार अदालतको आदेशमा छुटेका थिए । प्रहरीले आइतबारै पुनः अर्को मुद्दामा अनुसन्धान गर्न फडेरालाई पक्राउ गर्ने प्रयास गरेको थियो ।
..........

No comments:

Post a Comment