Wednesday, May 11, 2011

एमालेका सभासदसमेत रातो पासपोर्ट दुरुपयोगमा

काठमाडौं- प्रहरीले रातो पासपोर्ट दुरुपयोग गरेको आशंकामा थप एक सभासदमाथि कारबाही चलाउन छानबिन सुरु गरेको छ । महानगरीय प्रहरी परिसर काठमाडौं अपराध अनुसन्धान तथा कारबाही शाखाले सत्तारुढ एमालेका सभासद नारदमुनि रानामाथि रातो पासपोर्ट दुरुपयोग गरेको आशंकामा छानबिन गरेको हो । कैलालीका राना संविधानसभामा समानुपातिक सिटबाट निर्वाचित सभासद हुन् ।
प्रहरीले आइतबार संसद सचिवालयलाई पत्र लेखी रानालाई छानबिनका लागि रातो पासपोर्टसहित आफ्नो कार्यालयमा उपस्थित गराइदिन आग्रह गरेको छ । सचिवालयले सोमबार नै रानालाई पत्र दिई पासपोर्टसहित प्रहरी कार्यालयमा उपस्थित हुन निर्देश गरेको स्रोतले उल्लेख गरेको छ ।
प्रहरीले ुपरराष्ट्र मन्त्रालयको रेकर्डअनुसार रानाले दुइवटा रातो पासपोर्ट लिएको पाइएको छ । दुइटामध्ये एउटा पासपोर्ट दुरुपयोग भएको हुन सक्छु भन्दै प्रहरीले उनलाई पासपोर्टसहित पठाइदिन पत्र लेखेको जानकारी संसद सचिवालयका अधिकारीले दिए । प्रहरीले पासपोर्ट छानबिन गर्न सादा कागजमा रानाको पाँच÷पाँच थान हस्ताक्षर र औंठा छापसमेत उपलब्ध गराउन सचिवालयलाई आग्रह गरेको छ ।
ती अधिकारीका अनुसार सभामुख सुवास नेम्वाङले एमालेका प्रमुख सचेतक भीम आचार्यलाई रानालाई प्रहरीले पोसपोर्टसहित उपस्थित बोलाएको जानकारी आइतबार नै गराएका थिए । रातो पासपोर्ट दुरुपयोगको आशंकामा छानबिनमा परेकामा राना नवौं सभासद भएका छन् । पासपोर्ट दुरुपयोग गरेकामा छानबिनका क्रममा दुई सभासद मधेशी जनअधिकार फोरमका वीपी यादव र जनता दलकी गायत्री साह अख्तियार दुरुपयोग अनुसन्धान आयोगको हिरासतमा छन् । अख्तियारले पासपोर्ट दुरुपयोगको आशंकामा छानबिनका फोरमका ४ र फोरम लोकतान्त्रिक का २ सभासदलाई उपस्थित हुन बोलाइसकेको छ ।
सभासद रानाले सभामुख सुवास नेम्वाङ र सचिवालयका अधिकारीसित आफूले एउटामात्र पासपोर्ट लिएको दाबी गर्दै दुरुपयोग नगरेको जिकिर गरेका थिए । ुमैले दुइटा पासपोर्ट बनाएकै छैन म प्रहरी कहाँ सचिवालयको पत्रसँगै उपस्थित हुन्छु रानाको भनाइ उद्धृत गर्दै सचिवालयका अधिकारीले भने ।
रायको पासपोर्ट दुरुपयोग भएको पुष्टि
फोरमका सभासद शिवपुजन रायको पासपोर्ट दुरुपयोग भएको पुष्टि भएको जानकारी प्रहरी स्रोतले दिएको छ । प्रहरीले राय एकातिर २०६७ पुस ४ मा संसदको बैठकमा उपस्थित भएको र त्यही दिन अस्ट्रेलियामा रहेको जानकारी पाएपछि उनको पासपोर्ट दुरुपयोग भएको पुष्टि भएको हो । प्रहरीले ०६७ पुस ४ मा राय कहाँ छन् भनी सचिवालयसित सोध्दा उक्त दिन बैठकमा उपस्थित भएको पाएको हो । ुउक्त दिन राय बैठकमा उपस्थित भएको र उनको पासपोर्टमा अर्कै व्यक्ति अस्ट्रेलिया पुगेको पुष्टि भएको छु प्रहरी स्रोतले भने ।
सभामुखद्वारा कारबाही गर्न आग्रह
सभामुख नेम्वाङले मधेशी जनअधिकार फोरमलाई पासपोर्ट दुरुपयोगको अभियोगमा थुनामा रहेका उसका सभासद वीपी यादवलाई पार्टीबाट कारबाही गर्न आग्रह गरेका छन् । सभामुखले फोरमका प्रमुख सचेतक चन्द्रिका यादवलाई आफ्नो कार्यकक्षमा बोलाई वीपी यादवमाथि कारबाही गर्न आग्रह गरेका हुन् । ुसभासद राहदानी ऐनअन्र्तगत अख्तियारको छानबिनमा परेका छन् त्यसले संसद र सभासदहरुको प्रतिष्ठा र गरिमामा आँच आएको छ पार्टीले त्यस्ता सभासदलाई कारबाही गर्नोस्ु सभामुखको भनाइ थियो । राय भने संसद सचिवालय र पार्टीको सम्पर्क बाहिर रहेको र उनी भारतमा गएर लुकेको हुन सक्ने स्रोतले उल्लेख गरेको छ ।
सभामुखले नेपाली जनता दलका अध्यक्ष हरिश्चन्द साह गायब भएकाले पासपोर्ट दुरुपयोगको अभियोगमा थुनामा रहेकी उनको दलकी सभासद गायत्री साहलाई कारबाहीका लागि आग्रह गर्न नपाएको जानकारी स्रोतले दिएको छ । स्रोतका अनुसार सभासदको साहको निवासमा प्रहरीले छापा मारेपछि पार्टी अध्यक्ष हरिश्चन्द सम्पर्कविहीन भएका छन् ।
सभामुखले एमालेका प्रमुख सचेतक आचार्यसित तीन देशको नागरिकता र राहदानी भएको आरोप लागेका निवर्तमान अर्थराज्य मन्त्री ल्हारक्याल लामामाथि पार्टीले कारबाही गरे÷नगरेको जिज्ञासा राखेका थिए । लामासित तिब्बती शरणार्थीको परिचयपत्र भारत र नेपालको नागरिकता तथा पासपोर्ट भएको प्रश्न उठेपछि उनले अर्थराज्यमन्त्रीबाट राजिनामा दिएका थिए । सभामुखले एमालेलाई लामामाथि छानबिनका लागि सरकारलाई सहयोग गर्न र पार्टीबाट कारबाही गर्न आग्रह गरेका थिए ।
उनले मादक पदार्थ सेवन गरी सार्वजनिक ठाउँमा होहल्ला गर्ने माले समाजवादीकी सभासद शारदा नेपाली र विद्युत् चोरीको आरोप लागेका माओवादी सभासदमाथि कारबाही गर्नसमेत सम्बन्धित दलका प्रमुख सचेतकमार्फत् आग्रह गरेका थिए ।

No comments:

Post a Comment