Monday, May 16, 2011

प्रेस युनियनद्वारा संविधान माग गर्दै हस्ताक्षर अभियान

काठमाडौं २ जेठ- नेपाल प्रेस युनियनले तत्काल शान्ति प्रकि्रयालाई निष्कर्षमा पुर् याई प्रेस स्वतन्त्रतालाई ग्यारेन्टी गर्ने लोकतान्त्रिक संविधान निर्माण गर्नका लागि दलहरुलाई दबाब दिन सोमबारदेखि देशभर हस्ताक्षर संकलन अभियान सुरु गरेको छ । शान्ति प्रकि्रया र संविधान निर्माणका लागि सुरु गरिएको हस्ताक्षर संकलन अभियान जेठ ९ गतेसम्म जारी राखिने र १० गते देशभरिका सबै शाखाबाट प्रमुख जिल्ला अधिकारीमार्फत् सभामुख सुवास नेम्वाङलाई पठाएर ज्ञापनपत्र दिने कार्यक्रम रहेको जानकारी युनियनका महासचिव शिव लम्सालले दिए ।
प्रेस युनियनले राजधानीमा संविधानसभा भवन अगाडि हस्ताक्षर संकलन अभियान सुरु गरेको छ । अभियानलाई सम्बोधन गर्दै पत्रकार महासंघका पूर्व अध्यक्ष धर्मेन्द्र झा र युनियनका अध्यक्ष किरण पोखरेलले शान्ति प्रकि्रयालाई तत्काल टुंग्याई प्रेस स्वतन्त्र र बहुलवादलाई ग्यारेन्टी गर्ने लोकतान्त्रिक संविधान निर्माण गर्न आग्रह गरे । उनीहरुले तत्काल संविधान निर्माण नभए साचारकर्मीहरु प्रतिगमनकालमा झैं सडकमा सडक उत्रन बाध्य हुने चेतावनीसमेत दिएका थिए ।

No comments:

Post a Comment