Thursday, May 19, 2011

चिया उद्योगको समस्या समाधान गर्न समिति गठन

काठमाडौंं ५ जेठ- सरकारले चिया उद्योगका मजदुर हडतालमा उत्रिएपछि उत्पन्न समस्या समाधानका लागि कृषि मन्त्रालयका सहसचिव डा। हरि दाहालको संयोजकत्वमा समिति गठन गरेको छ । मन्त्रिपरिषदको बिहीबार बसेको बैठकले चिया उद्योगको वर्तमान समस्या समाधान गर्न तथा चियाको दीर्घकालीन विकासका लागि के गर्न सकिन्छ भनी अध्ययन गरेर एक महिनाभित्र सुझाव दिन समिति गठन गरेको हो ।
बैठकपछि सरकारका प्रवक्ता एवं शिक्षा मन्त्री गंगालाल तुलाधरले दिएको जानकारीअनुसार समितिमा अर्थ श्रम उद्योग वाणिज्य मन्त्रालयका प्रतिनिधि उद्योग वाणिज्य महासंघ चिया उत्पादक ट्रेड युनियन चिया मजदुर संघ÷संगठनका प्रतिनिधि राखिएको छ । चिया मजदुरले तलब वृद्धिसहितको २८ बुँदे माग राखी आन्दोलनमा उत्रिएपछि चिया उद्योगमा समस्या उत्पन्न भएको हो ।
समितिको म्याद थप
मन्त्रिपरिषदले निर्माणाधीन काठमाडौं-निजगढ फास्ट ट्रयाक द्रुत मार्ग मा पर्ने जग्गा अधिग्रहण गर्न गठित अधिकारसम्पन्न समितिको म्याद तीन महिना थप गरेको छ । समितिको ६ महिने म्याद सकिएपछि तीन महिना थपिएको हो ।
सैनिक सहचारीमा थापा
सरकारले संयुक्त राष्ट्रसंघका लागि न्युयोकस्थित नेपालको स्थायी नियोगमा महासेनानी सुरेशराज थापालाई सैनिक सहचारी नियुक्त गरेको छ ।

No comments:

Post a Comment