Monday, May 16, 2011

ऊर्जा मन्त्रालयका चार सहसचिवको सरुवा

काठमाडौं २ जेठ- ऊर्जा मन्त्रालयले विद्युत् विकास विभागका महानिर्देशकसहित चार जना सहसचिवको सरुवा गरेको छ । नयाँ ऊर्जा मन्त्री गोकर्ण बिष्टले मन्त्रीस्तरीय निर्णय गरी उनीहरुलाई सरुवा गरेको जानकारी स्रोतले दिएका छन् ।
विद्युत् विकास विभागका महानिर्देशक सुनिलबहादुर मल्ललाई जल तथा ऊर्जा आयोगमा सरुवा गरिएको छ । महानिर्देशक भएको १३ महिनामै मल्ललाई विभागबाट हटाई अनकार्षक कार्यालय आयोगमा सरुवा गरिएको हो । ऊर्जा मन्त्रालयले महानिर्देशकको जिम्मेवारी कसैलाई दिइसकेको छैन ।
योजना तथा कार्यक्रम महाशाखा प्रमुख श्रीराजन लाकौललाई मन्त्रालयको सबभन्दा महत्वपूर्ण नीति तथा वैदशिक सहयोग समन्वय महाशाखा प्रमुखमा सरुवा गरिएको छ । यसअघिका नीति तथा वैदेशिक सहयोग महाशाखा प्रमुख मोतीबहादुर कुँवरलाई विद्युत् विकास विभागको सुपरिटेन्डेन्ट इन्जिनियरमा सरुवा गरिएको छ । तत्कालीन ऊर्जा मन्त्री डा। प्रकाशशरण महतका पालामा वरिष्ठ सहसचिवहरुलाई पन्छाई कनिष्ठ सहसचिव कुँवरलाई उक्त महाशाखा प्रमुख बनाइएको थियो ।
जल तथा ऊर्जा आयोगका सहसचिव अनुपकुमार उपाध्यायलाई मन्त्रालयको योजना तथा कार्यक्रम महाशाखा प्रमुखमा ल्याइएको छ । आयोगमा सरुवा हुनुअघि उपाध्याय मन्त्रालयको नीति तथा वैदेशिक सहयोग समन्वय महाशाखा प्रमुख थिए ।

No comments:

Post a Comment