Sunday, May 15, 2011

प्रेस युनियनद्वारा संविधान माग गर्दै मैनबत्ती धर्ना

काठमाडौं १ जेठ- साचारकर्मीहरुले आइतबार अपराह्न संविधानसभा भवन अगाडि धर्ना दिई मैन बत्ती बालेर जेठ १४ भित्र शान्ति प्रकि्रया र संविधान निर्माणलाई तार्किक निष्कर्षमा पुर् याउनका लागि ठोस सहमति गर्न दलहरुसमक्ष माग गरेका छन् । नेपाल प्रेस युनियनको आह्वानमा साचारकर्मीहरुले तत्काल शान्ति प्रकि्रया टुंग्याई प्रेस स्वतन्त्रता र सूचना हकलाई मौलिक हकका रुपमा प्रत्याभूत गर्ने लोकतान्त्रिक संविधान निर्माण गर्न संविधानसभा र दलहरुलाई आग्रह गरे ।
साचारकर्मीहरुले संविधानसभा भवन अगाडि मैन बत्ती बालेर आधा घन्टा धर्ना दिएका थिए । धर्नालाई सम्बोधन गर्दै पत्रकार महासंघका पूर्व अध्यक्षहरु हरिहर बिरही तारानाथ दाहाल अध्यक्ष शिव गाउँले प्रेस युनियनका अध्यक्ष किरण पोखरेल पत्रकार कवीर राणालगायतले समयमा संविधान निर्माण भएन भने साचारकर्मीहरु संविधान र लोकतन्त्रका लागि सडक संघर्षमा उत्रने चेतावनी दिएका थिए ।

No comments:

Post a Comment