Wednesday, May 11, 2011

कर्मचारी स्वास्थ्य बिमाका लागि कार्यदल

काठमाडौं- सरकारले सम्पूर्ण निजामती कर्मचारी र तिनका परिवारलाई निःशुल्क स्वास्थ्योपचार सुविधाका लागि गृहकार्य अघि बढाउन उच्चस्तरीय कार्यदल गठन गरेको छ । मन्त्रिपरिषद्को पछिल्लो बैठकले कर्मचारीको स्वास्थ्य बिमा गर्ने आधार र प्रकि्रया प्रस्ताव गर्न सामान्य प्रशासन सचिव बालानन्द पौडेलको संयोजकत्वमा आठ सदस्यीय कार्यदल गठन गरेको हो ।
समितिमा सामान्य अर्थ र कानुन मन्त्रालयका सहसचिव विमक संघ र बिमा समितिका अध्यक्ष दुई जना विज्ञ सदस्य र सामान्य प्रशासन मन्त्रालयका प्रशासन सुधार महाशाखाका प्रमुख विनोद केसीलाई सदस्यसचिव राखिएको छ । सामान्य प्रशासन मन्त्रालयले एक÷दुई दिनमै विज्ञ तोक्ने जानकारी स्रोतले जनायो ।
कार्यदलले एक महिनामा कर्मचारीलाई प्रदान गरिने स्वास्थ्य बिमाको प्रकृति त्यसका लागि लाग्ने खर्च परिवारका कति सदस्यसम्मलाई सुविधा दिने कसरी बिमा गर्नेलगायतका सम्बन्धमा अध्ययन गरी सरकारलाई प्रतिवेदन बुझाउनेछ । समितिको प्रतिवेदन आएपछि सरकारले करिब ७८ हजार निजामती कर्मचारी र तिनका परिवारको बिमा गर्नेबारे निर्णय गर्ने जानकारी स्रोतले दियो ।

No comments:

Post a Comment