Wednesday, May 18, 2011

अनुभवहीन टोलीका कारण व्यापार वार्तामा नेपाल कमजोर हुने

काठमाडौं ४ जेठ- वाणिज्य तथा आपूर्ति मन्त्रालयका अनुभवी सचिवदेखि उपसचिवसम्मका कर्मचारी सरुवा भएका कारण द्विपक्षीय तथा क्षेत्रीय व्यापार वार्तामा नेपालको प्रस्तुति कमजोर हुने चिन्ता उच्च अधिकारीहरुले गरेका छन् ।
ती अधिकारीका अनुसार अनुभवको कमीले गर्दा विभिन्न मुलुकसितको व्यापार वार्तामा नेपालको ुबार्गेनिङु क्षमतामा समेत ह्रास आएको छ । लामो समय वाणिज्य मन्त्रालयमा बसेर द्विपक्षीय तथा क्षेत्रीय व्यापार वार्तामा सहभागी भएका अनुभवी सचिव पुरुषोत्तम ओझा सहसचिव सूर्य सिलवाल र उपसचिव कैलाश बजिमयको सरुवा भई सबै अनुभवहीन नयाँ टिम आएपछि त्यस्तो चिन्ता बढेको हो ।
वाणिज्यमा अनुभव नै नभएका मन्त्रालयको नयाँ टोलीले भारत चीनलगायतका मुलुकसित बेलाबेलामा हुने द्विपक्षीय तथा क्षेत्रीय वाणिज्य छलफल गर्दा उठाउनुपर्ने मुद्दा नै कमजोर बन्ने र वार्तामा नकारात्मक असर पर्ने उच्च अधिकारीले उल्लेख गरे । ुभारत र चीनसहित विभिन्न मुलुकसित सचिव र सहसचिवको नेतृत्वमा वाणिज्य वार्ता हुने गर्छ । लामो अनुभव भएको टोली सफ्टवेयर नै नभएपछि द्विपक्षीय तथा क्षेत्रीय वाणिज्य वार्तामा मुलुकको प्रस्तुति कमजोर हुन्छ त्यसबाट मुलुकलाई ठूलो घाटा हुन्छु ती अधिकारीले भने ।
वाणिज्य मन्त्रालयमा सचिव ओझालाई अघिल्लो साता मन्त्रिपरिषद सचिवालयमा सरुवा गरी सुशीलजंग राणालाई ल्याइएको छ । गृह प्रशासनका अनुभवी राणालाई वाणिज्यको अनुभव छैन । मन्त्रालयको द्विपक्षीय तथा क्षेत्रीय वाणिज्य महाशाखा प्रमुखमा दुई महिनाअघिमात्र सरुवा भई आएका नयाँ सहसचिव तोयानारायण ज्ञवाली छन् वाणिज्यको लामो अनुभव भएका सहसचिव सूर्य सिलवाललाई सरुवा गरी अनुभवहीनलाई ल्याइएको हो । ज्ञवाली द्विपक्षीय तथा क्षेत्रीय वाणिज्यका मुद्दा भर्खर सिक्दैछन् ।
द्विपक्षीय तथा क्षेत्रीय वाणिज्य महाशाखामा लामो समय बसेका उपसचिव कैलाश बजिमयको हालै सहसचिवमा बढुवा भएपछि गृह मन्त्रालयमा सरुवा गरिएको छ । उनीसित विभिन्न मुलुकसित द्विपक्षीय तथा क्षेत्रीय वाणिज्य वार्तामा सहभागी भएको र काम गरेको लामो अनुभव छ ।
ओझा र बजिमय वाणिज्यमा बसेको एक दसक बढी र सिलवालको चार वर्ष भइसकेको थियो । ट्रेड हेर्ने कर्मचारी अनुभवी हुनुपर्ने भएकाले द्विपक्षीय तथा क्षेत्रीय वाणिज्य र बहुपक्षीय वाणिज्य र डब्लूटीओ महाशाखा हेर्ने सहसचिव र उपसचिव अन्यत्रजस्तो ुफि्रक्वेन्ट्लीु सरुवा नहुने पद हुन् तर वाणिज्यमा ती पदलाई अस्थिर बनाइएको छ ।
ुधेरैजसो द्विपक्षीय क्षेत्रीय र बहुपक्षीय वाणिज्य वार्तामा सहसचिवले नेतृत्व गर्छन् । अनुभवी सहसचिव चाहिने वाणिज्य महाशाखा प्रमुख पद नै अस्थिर बनाएर मुलुकलाई घाटा पार्ने काम भइरहेको छु मन्त्रालय स्रोतले भने ।
कर्मचारीको सरुवा हुनु स्वभाविक भए पनि मन्त्रालयमा अनुभवी व्यक्ति नै नरहने गरी सरुवा हुनु अस्वभाविक भएको टिप्पणी सरकारी अधिकारीको छ । सचिव सहसचिवदेखि उपसचिवसम्म सबै नयाँ आएका कारण वाणिज्य मन्त्रालयमा एक-अर्काको अनुभवबाट सिक्ने अवसरसमेत छैन । ुसचिव सहसचिवमध्ये कुनै एक जना पनि अनुभवी भएको भए अर्कोले वाणिज्यका सवालमा ुइन्पुटु दिन सक्थ्यो त्यो अवस्था पनि नभएपछि द्विपक्षीय तथा क्षेत्रीय वाणिज्य वार्तामा नेपालको हात झन् तल पर्छु स्रोतले भने ।
अनुभवी सचिव भएकै बेलामा समेत द्विपक्षीय तथा क्षेत्रीय वाणिज्य महाशाखा प्रमुखमा नयाँ सहसचिव ज्ञवाली आएपछि विभिन्न मुलुकसित उनको नेतृत्वमा भएका व्यापार वार्तामा नेपालको प्रस्तुति कमजोर भई नकारात्मक असर परेको जानकारी स्रोतले दिए । ुअनुभवी अधिकारीको कमीले हालै सम्पन्न चीनसितको व्यापार वार्तामा समेत कमजोरी देखियो मन्त्रालयमा पूरै टिम अनुभवहीन आएका कारण विभिन्न मुलुकसितको व्यापार वार्तामा त्यस्तो कमजोरी दोहोरिइरहनेछन्ु स्रोतले भने ।

No comments:

Post a Comment