Sunday, May 22, 2011

पत्रकार दाहाललाई पुनर्बहाली गर्न आदेश

काठमाडौं, ८ जेठ- सर्वोच्च अदालतले श्रम अदालतद्वारा शाही शासनका बेला राजधानी दैनिकबाट निष्काशित पत्रकार रामप्रसाद दाहाललाई क्षतिपूर्तिसहित पुनर्बहाली गर्न दिइएको आदेशलाई सदर गरेको छ ।
सर्वोच्चका न्यायाधीशद्वय बलराम केसी र भरतराज उप्रेतिको संयुक्त इजलाशले आइतबार दाहाललाई राजधानी दैनिकले शाही शासनका बेला २०६१ फागुन १९ मा दिएको गैरकानुनी अवकास खारेज गरी क्षतिपूर्तिसहित पुनर्बहाली गर्नू भनी श्रम अदालतले २०६४ सालमा गरेको आदेशलाई सदर गरेको हो । सर्वोच्चले राजधानीका तर्फबाट उत्सर्ग प्रकाशन प्रा। लि। ले दाहालका बारेमा श्रम अदालतले गरेको फैसलाविरुद्ध दायर गरेको रिटसमेत खारेज गरेको छ ।
नेपाल प्रेस युनियनका तर्फबाट महासचिव शिव लम्सालले विज्ञप्ति जारी गरी सर्वोच्चको निर्णयको स्वागत गर्दै त्यसले देशका सम्पूर्ण श्रमजीवी पत्रकारको मनोबल उठाएको ठहरका साथ उत्सर्ग प्रकाशन प्रा। लिलाई न्यायालयको फैसलालाई अक्षरशः पालना गरी साचार गृहहरु कानुनी राजको पक्षमा छन् भन्ने उदाहरण प्रस्तुत गर्न आह्वान गरेको छ ।
युनियनले विज्ञप्तिमा अदालतले दाहालको पक्षमा श्रम अदालतको फैसला सही भएको ठहर गर्दै राजधानीका तर्फबाट उत्सर्ग प्रकाशन प्रा। लि। ले श्रमको फैसला विरुद्ध दायर गरेको रिट खारेज गरी देशका सम्पूर्ण श्रमजीवी पत्रकारको भावनाको उच्च सम्मान गरिएको उल्लेख गरेका छन् ।

No comments:

Post a Comment