Tuesday, May 31, 2011

एमालेमा ओलीलाई कारबाही गर्न प्रस्ताव

एमाले पोलिटब्यूरो सदस्य सुरेन्द्र पाण्डेद्वारा बैठकमा छलफलका लागि प्रस्तुत प्रस्ताव
१।जनआन्दोलनका बिरुद्ध उभिएको गणतन्त्रबिरुद्ध राजतन्त्रको पक्षमा वकालत गरेको गणतन्त्र स्थापना गर्नुलाई ठेलागाडामा चढेर अमेरिका जानुजस्तै हो भनेर उपहास गरेको आन्दोलनमा सहभागी नभएको बरु राजा र राजावादीहरुसँग गोप्य भेटघाट र साँठगाँठ गरेको ।
२। पार्टीभित्र र जनवर्गीय संगठनहरुमा समेत खुलेआम गुटबन्दी गरेर पार्टीलाई कमजोर बनाएको । विभिन्न जिल्लाहरुमा पार्टी र जनवर्गीय संगठनहरुमा समानान्तर कमिटीहरु बनाएर पार्टीलाई कमजोर र विभाजित बनाएको ।
३।मदन भण्डारी फाउन्डेशन मदन भण्डारी स्पोर्टस् एकेडेमी अरु विभिन्न नाममा समानान्तर गतिविधि गरेको गुटगत भेलाहरु गरेको अदृश्य स्थानबाट आर्थिकस्रोत प्राप्त गरी पार्टीबिरुद्ध गुटबन्दीको लागि प्रयोग गरेको । यसरी जननेताको नाममा गुटबन्दीपूर्ण काम गरेकाले यस्ता कि्रयाकलापको वास्तविकता छानबिन गर्न केन्द्रीय कमिटीको यस बैठकले छानबिन कमिटी गठन गरी त्यसको यथार्थ स्थिति केन्द्रीय कमिटीमा ल्याउनुपर्ने र ती गतिविधि तत्काल बन्द गर्न केन्द्रीय कमिटीले आदेश दिनुपर्ने ।
४।महाधिवेशनका फैसलाबिरुद्ध केन्द्रीय कमिटी र सरकारको काममा बाधा पुर् याएको स्थायी प्रतिपक्षीजस्तो बनेर नेतृत्वलाई असफल पार्न योजनाबद्ध ढंगले लागिपरेको । पार्टी निर्णय पद्धति र अनुशासन उल्लंघन गर्दै सडक र मिडियाबाट पार्टी खासगरी पार्टी अध्यक्ष र पार्टी नेतृत्वबिरुद्ध विषबमन गर्दै िहंडेको । पार्टीको स्थापित पद्धति परम्परा र विधानबिरुद्ध अध्यक्ष र प्रधानमन्त्रीको राजीनामा मागेकाले अनुशासनको कारबाही गर्नुपर्ने ।
५।पार्टी कार्यक्रममा गुटगत गतिविधि गर्न विभिन्न जिल्लामा हेलिकप्टरबाट भ्रमण गरेको र विभिन्न विद्यालय संघसंस्था व्यक्ति आदिलाई आर्थिक सहयोग गराउँदै आएको । त्यस्तो खर्चको स्रोत पार्टीलाई कहिल्यै नदिएको हुँदा तत्काल यसै केन्द्रीय कमिटीमा स्रोत उपलब्ध गराउनुपर्ने आवश्यक छानबिन गर्नुपर्ने ।
६।पार्टीभित्र गुण्डा संस्कृतिलाई बढावा दिएको अपराधीलाई संरक्षण दिएको ठेक्कापट्टा कब्जा गरेको भन्सार नाकाबाट तस्करी गराउने गरेको अपहरणकारीलगायतका अपराधीहरुसँग मिलेर आर्थिक भागबण्डा गरेको र अदृश्य ढंगले स्रोत संकलन गरी पार्टी हितबिरुद्ध दुरुपयोग गरेको । यसरी पार्टीको प्रतिष्ठालाई आघात पुर् याउने काम गरेकाले त्यसको अविलम्ब छानबिन हुनुपर्ने ।
७।पार्टी केन्द्रीय अनुशासन आयोग र महाधिवेशनबाट निर्वाचित आयोगका अध्यक्षको नियोजितरुपमा मानमर्दन गरी आयोगलाई कमजोर बनाउने धृष्टता गरेको ।
८।माओवादीको उग्रवामपन्थता र कांग्रेसको दक्षिणपन्थता विरुद्ध वैचारिक संघर्ष गर्ने पार्टीको आठौं महाधिवेशनको फैसलाबिरुद्ध उपरोक्त दुवै प्रवृत्तिबिरुद्ध संघर्ष गर्दै पार्टीको प्रतिष्ठा छवि र शक्ति वृद्धि गर्नुपर्नेमा माओवादीको विरोध गर्ने नाममा पार्टीलाई कांग्रेसको पिछलग्गु बनाउने प्रयत्न गरेको । महाधिवेशनको फैसलाअनुसार पार्टीको सही क्रान्तिकारी कार्यदिशालाई कुल्चँदै पार्टीलाई दक्षिणपन्थी भासतर्फ धकेल्ने काम गरेको । लोकतान्त्रीकरणको नाममा जबजको मर्म विपरित सामाजिक-आर्थिक रुपान्तरण र अग्रगमन तथा समाजवादतर्फ संक्रमण गर्ने मान्यताको खिल्ली उडाई यथास्थितिमा रहने दक्षिणपन्थी प्रवृत्तिको बाहक बनेको ।
९।राष्ट्रियता राष्ट्रिय एकता र राष्ट्रिय हितको पक्षमा हाम्रो पार्टी दृढतापूर्वक उिभंदै आएको इतिहास र मान्यता विपरित अदृश्य शक्तिसँग साँठगाँठ गरेर शंकास्पद गतिविधिहरु गरेको ।
१०।महाधिवेशनको निर्णय विपरित पार्टीको विधानलाई तोडमरोड गरी महाधिवेशनको भावना विपरित प्रकाशन गर्न लगाएको ।
११।कार्यकर्ताले नेता चुन्ने र जनताले प्रतिनिधि÷संस्था चुन्ने तथा कार्यकर्ता र जनताको म्याण्डेट बमोजिम पार्टी र राष्ट्रको साचालन गर्ने जबजको सिद्धान्त विपरित उभिएर निर्वाचित संस्था र सरकारलाई समाप्त पार्दै संविधानसभालाई विघटन गर्ने तथा अनिर्वाचित संस्थाको वकालत गर्ने दुस्प्रयत्न गरेको ।
माथि उल्लेखित विषयहरुलाई पार्टी केन्द्रीय कमिटीको बैठकमा एजेण्डा बनाई छलफल गर्नुका साथै उपरोक्त कि्रयाकलाप र गतिविधिहरुको तत्काल छानबिन गरी त्यस्ता गतिविधिको अगुवाई गर्दै संलग्न व्यक्तिहरुलाई कारवाही गर्नुपर्दछ ।
२०६८ जेठ १७ गते मंगलबार

No comments:

Post a Comment