Wednesday, May 11, 2011

गुठी संस्थानका अध्यक्ष र प्रशासक हटाइए शर्मा नयाँ कार्यकारी अध्यक्ष

काठमाडौं २८ वैशाख- सरकारले गुठी संस्थानका अध्यक्ष नारायणप्रसाद आचार्य र प्रशासक महाप्रबन्धक वीरेन्द्र थपलियालाई पदबाट हटाएको छ । भूमिसुधार मन्त्री रामचरण चौधरीको प्रस्तावमा अघिल्लो सरकारका पालामा नियुक्त उनीहरु दुवै जनालाई हटाइएको हो । सरकारले संस्थानको कार्यकारी अध्यक्षमा दाङका हरि प्रसाद शर्मालाई नियुक्त गरेको जानकारी भूमिसुधार मन्त्रालयका अधिकारीले दिए ।
माओवादीका तर्फबाट मन्त्री नियुक्त चौधरीले आफ्नो पार्टीका जिल्लास्तरीय नेतालाई कार्यकारी अध्यक्षको जिम्मेवारी दिएको हो । शर्मा यसअघि माओवादी नेतृत्वको सरकारका पालामा समेत संस्थानमा अध्यक्ष थिए । कार्यकारी अध्यक्ष नियुक्त गरिएकाले संस्थानमा प्रशासक नियुक्त गरिने छैनन् ।

No comments:

Post a Comment