Wednesday, May 25, 2011

प्रेस युनियनद्वारा सभामुखलाई ज्ञापन

काठमाडौं ११ जेठ- नेपाल प्रेस युनियनले तत्काल शान्ति प्रकि्रयालाई टुंग्याएर प्रेस स्वतन्त्रतालाई सुनिश्चित गर्ने लोकतान्त्रिक संविधान अविलम्ब निर्माण गर्न संविधानसभाका अध्यक्ष सुवास नेम्वाङलाई बुधबार ज्ञापनपत्र बुझाएको छ । शान्ति प्रकि्रया र संविधानको पक्षमा दबाब दिन युनियनले एक सातासम्म देशव्यापी संकलन गरेको हस्ताक्षर राजधानीमा अध्यक्ष नेम्वाङलाई भेटेर तथा उपत्यका बाहिरबाट प्रमुख जिल्ला अधिकारीमार्फत् सरकार र सम्बन्धित सबै दललाई दिएको छ ।
ज्ञापनपत्र बुझाउने क्रममा युनियनका अध्यक्ष किरण पोखरेल र महासचिव शिव लम्सालले निर्धारित समयमा संविधान नबन्दा र दलहरुबीच अविश्वास बढ्दै जाँदा राजनीतिक दुर्घटना निम्तिने र प्रेस स्वतन्त्रतासमेत खतरामा पर्ने स्थिति उत्पन्न हुन लागेकोतर्फ नेम्वाङको ध्यानाकर्षण गराएका थिए । प्रत्युत्तरमा नेम्वाङले संविधानसभाबाट नयाँ संविधान निर्माण गर्न आफूले गरिरहेको पहलमा युनियनको ज्ञापनले थप मद्दत पुग्ने विश्वास व्यक्त गरेका थिए ।

No comments:

Post a Comment