Wednesday, May 11, 2011

सभासद राना प्रहरीमा हाजिर

काठमाडौं- सत्तारुढ एमालेका सभासद नारदमुनि रानाले कूटनीतिक राहदानी दुरुपयोगबारे छानबिन गरिरहेको महानगरीय प्रहरी परिसर काठमाडौंलाई आफ्नो औंठा छाप र हस्ताक्षर बुझाएका छन् ।
प्रहरीले संसद् सचिवालयमार्फत रातो पासपोर्ट दुरुपयोगको शंकामा छानबिनका लागि माग गरेबमोजिम रानाले मंगलबार आफ्नो पाँच÷पाँच थान औंठा छाप र हस्ताक्षर बुझाएका हुन् ।
प्रहरीले उनीमाथि दुई रातो पासपोर्ट लिई दुरुपयोग गरेको शंकामा छानबिन थालेको हो । रानाले भने आफूले एउटामात्र पासपोर्ट बनाएको र दोस्रो बनाउँदै नबनाएको जानकारी प्रहरी र संसद् सचिवालयमा गराएका छन् ।
ुसचिवालयमार्फत मंगलबार प्रहरीलाई औंठा छाप र हस्ताक्षर बुझाएँ मैले दोस्रो पासपोर्ट लिएकै छैन तर मेरो नाममा अर्को पासपोर्ट इस्यु भएको छ रे त्यसबारे मलाई कुनै जानकारी छैनु उनले कान्तिपुरसित भने ।
रानाले ०१९९१७ र ०२१२४४ नम्बरका दुई रातो पासपोर्ट लिई दुरुपयोग गरेको शंका प्रहरीको छ । प्रहरीका अनुसार रानाको नाममा दोस्रो पासपोर्ट सन् २०१० सेप्टेम्बर १० मा जारी भएको देखिएको छ । रानाले ०१९९१७ नम्बरको रातो पासपोर्ट आफूलाई सभासद भएपछि राज्यले उपलब्ध गराएको र आफ्नो नाममा जारी भएको भनिएको ०२१२४४ नम्बरको अर्को रातो पासपोर्टबारे आफूलाई कुनै जानकारी नभएको दाबी गरेका छन् । ुदोस्रो पासपोर्ट लिन मैले कुनै निवेदन दिएको छैन कहीँ कतै हस्ताक्षरसमेत गरेको छैनु उनको दाबी छ ।
रानाले यसअघि नै सचिवालयमार्फत पासपोर्ट प्रहरीलाई बुझाइसकेको बताए । ुप्रहरीले सचिवालयमार्फत मसित दोस्रो पासपोर्टसमेत मागेको छ मैले लिँदै नलिएकाले कसरी बुझाउने ु उनले भने ।
महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख एसपी केदार रिजालले रानाले औंठा छाप र हस्ताक्षर उपलब्ध गराएको बताए । दोस्रो पासपोर्ट नभएको जिकिर रानाको रहेको पनि उनले जानकारी दिए । रानाको अर्को पासपोर्टबारे परराष्ट्र मन्त्रालयमार्फत बुझेर छानबिन अघि बढाइने जानकारी उनले दिए ।

No comments:

Post a Comment