Friday, May 27, 2011

संविधानसभाको म्याद थप हुने प्रधानमन्त्रीको विश्वास

काठमाडौं, जेठ १३- प्रधानमन्त्री झलनाथ खनालले माओवादीले शान्ति प्रकि्रयालाई अघि बढाउनेबारेमा शनिबार लचिलो प्रस्ताव ल्याउने र दलहरुबीच सहमति भई संविधानसभाको म्याद थप हुने विश्वास व्यक्त गरेका छन् ।
मन्त्रिपरिषदको शुक्रबार बसेको बैठकमा प्रमुख तीन दलबीच तीन दिनदेखि जारी छलफलमा मन्त्रीहरुलाई बि्रफिङ गर्दै प्रधानमन्त्रीले शान्ति प्रकि्रया र संविधान निर्माणलाई तार्किक निष्कर्षमा पुर् याउन दलहरुबीच अन्तरिम संविधान संधोशन गरी संविधानसभाको म्याद थप गर्न सहमति हुने विश्वास व्यक्त गरेको जानकारी सरकारका प्रवक्ता एवं शिक्षा मन्त्री गंगालाल तुलाधरले दिए ।
तुलाधरका अनुसार बि्रफिङका क्रममा प्रधानमन्त्रीले तीन दिनदेखि जारी बैठकमा माओवादी र कांग्रेस आ-आफ्नै पूर्व अडानमा कायम रहेकाले सहमति हुन नसकेको उल्लेख गर्दै आफू र आफ्नो पार्टी एमालेले दुवै दललाई सहमतिमा ल्याउने प्रयास गरिरहेको जानकारी गराएका थिए । नेपाली राजनीतिको परम्पराअनुसार अन्तिम समयमा दलहरुबीच संविधानसभालाई जोगाएर शान्ति प्रकि्रया र संविधान निर्माणलाई टुंगोमा पुर् याउनेबारेमा सहमति हुने विश्वास प्रधानमन्त्रीको थियो ।
गर्भपतन गराउनेलाई आममाफी दिने निर्णय
सरकारले गर्भपतन गराएको अभियोगमा जेल सजाय भोगिरहेका सम्पूर्ण महिलालाई आममाफी दिने भएको छ । गर्भपतनको अभियोगमा देशभर जेलमा रहेका १ सय ३२ जनालाई आममार्फी दिने सैद्धान्तिक निर्णय गर्दै त्यसका लागि मन्त्रिपरिषदले कानुन ल्याउने निर्णय गरेको जानकारी प्रवक्ता तुलाधरले दिए ।
यसअघि भ्रुण हत्या गर्भपतन गैरकानुनी भएका बेला गर्भपतन गराएका महिला अदालतबाट फैसला भई जेल सजाय भोग्दै आएका छन् । हाल गर्भपतन गराउन पाउने कानुनी व्यवस्था गरिए पनि यसअघिको गराउन नपाउने पुरानो कानुनी व्यवस्थाका आधारमा अदालतको फैसलाबाट ती १ सय ३२ जना जेल सजाय भोगिरहेका हुन् । पुरानो कानुनी व्यवस्थाअनुसार गर्भपतन गराएको अभियोगमा सजाय भोगिरहेका सबैलाई सरकारले नयाँ कानुन ल्याएर आममाफी दिन लागेको हो ।
कार्यकारी निर्देशकमा गिरी
सरकारले स्थानीय विकास प्रशिक्षण केन्द्रको कार्यकारी निर्देशकमा बाजुराका राजबहादुर गिरीलाई बढीमा पाँच वर्षका लागि नियुक्त गरेको छ । अघिल्लो सरकारको पालामा तत्कालीन स्थानीय विकास मन्त्री पूर्णकुमार शेर्माको प्रस्तावमा बढीमा पाँच वर्षका लागि नियुक्त कार्यकारी निर्देशक डा गोविन्द गुरागाईंलाई मन्त्रिपरिषदले पदमुक्त नयाँ नियुक्त गरेको हो । विभिन्न क्षेत्रबाट राष्ट्रिय जीवनमा महत्वपूर्ण योगदान गर्ने विभिन्न महानुभावलाई गणतन्त्र दिवसका दिन जेठ १५ मा मानपद्वी तथा पदकबाट विभुषित गर्नका लागि प्रकि्रया अघि बढाउन वरिष्ठ उपप्रधानमन्त्री भरतमोहन अधिकारी संयोजकत्वको समितिलाई निर्देशन दिएको छ ।

No comments:

Post a Comment